खाना बनाउने ग्यासको अभाव भएको भन्ने हल्लाको पछि नलाग्न आयल निगमको सबैलाई अनुरोध

खाना बनाउने ग्यासको अभाव भएको भन्ने हल्लाको पछि नलाग्न आयल निगमको सबैलाई अनुरोध

खाना बनाउने ग्यासको अभाव भएको भन्ने हल्लाको पछि नलाग्न नेपाल आयल निगमले सबैलाई अनुरोध गरेको छ । निगमको अनुसार माग अनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न निगमले उपभोक्तालाई आग्रह गरेको हो ।

ग्यासको कमिसन बढाउनुपर्ने भन्ने माग राख्दै विभिन्न ग्यास विक्रेताले विरोधको कार्यक्रम अगाडी सारेपछि उपभोक्तामा ग्यासको स्टक सटेज भएको हल्ला पुगेको छ, निगम स्रोतले भन्यो । निगमले उपभोक्तालाई सहजरूपमा ग्यास उपलब्ध गराई रहेको भन्दै, गलत हल्ला र अफवाहको पछाडि नलाग्न उपभोक्तालाई आग्रह समेत गरेको छ।

इण्डियन आयल रिफाइनरीमा खाना पकाउने ग्यास लोडिङ भइरहेको र आयात पनि निरन्तररूपमा भइरहेको उल्लेख गर्दै निगमले बजारमा कुनै पनि अभाव नरहेको जनाएको हाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्