विराटनगर महानगर : अहिले सडक निर्माणले अस्तव्यस्त बनेको अवस्था

विराटनगर महानगर : अहिले सडक निर्माणले अस्तव्यस्त बनेको अवस्था

देवनारायण साह

बिराटनगर फाल्गुन २० ,

बैकल्पिक बाटोको व्यवस्था नगरी यत्रतत्र सडक निर्माण गरिँदा विराटनगर महानगरमा समस्या भएको छ । स्थानीयले हिँडडुल गर्न सास्ती भोग्नु परेको छ । महानगरपालिका कार्यालय जाने तीनपैनी–ट्राफिक चोक सडकमा ढल र नाला निर्माणका लाागि सडक खनिएका छन् ।

महानगरको उत्तरतर्फको शनिहाट चोक जाने दक्षिणतर्फको गोल्छा चोकबाट जिल्ला प्रशासन कार्यालय जाने सडकमा पनि ढल, नाला निर्माणका लागि खनिएको हो । शनिहाट चोकदेखि कोशी अञ्चल अस्पताल जाने सडक पनि खनिएको छ । महानगरस्थित उत्तर दक्षिण कोशी राजमार्गमा ६ लेन सडक निर्माण काम पनि भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्