विराटनगरमा सुकुम्वासी तथा विपन्न परिवारका लागि करोडौको लगानीमा आवास निर्माण

विराटनगरमा सुकुम्वासी तथा विपन्न परिवारका लागि करोडौको लगानीमा आवास निर्माण

विराटनगर २० फागुन  / नेपाल सरकार र विराटनगर महानगरपालिकाको संयुक्त लगानीमा विराटनगर स्थित वार्ड ५ मा १ सय नमुना आवास गृह बनाइने भएको छ । स्थानीय शंकरवारी चोक केशलीया नजिक रहेको झण्डै २ विगाह क्षेत्रफलमा आवास गृह बनाइन लागेको हो । सुकुम्वासी तथा विपन्न परिवारका लागि आवास निर्माण कार्यक्रमको सोमवार विराटनगरमा शिलान्यास गरिएको छ ।


शिलान्यास कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले तीनै तहका सरकारहरु देश निर्माण सहित समृद्धिको बाटोमा हिडेरहेको बताए । उनले भुमीहिन र विपन्न बर्गका समुदायको जीवनस्तर उठाउन सरकार कटिवद्ध भएर लागेको बताए । संघीय,प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि केही गरौ भन्ने भावनाका साथ काम गरिरहेको दावी गरे । तराइ,मधेस समृद्धि कार्यक्रमले समेत गति लिएको र चाढैनै जनताले राहत पाउदै जाने मन्त्री पण्डितले बताए । उनले विराटनगरमा भइरहेका विकास निर्माणका कामहरु सन्तोषजनकरुपमा अगाडी बढीरहेको बताए । आफु सम्लग्न भएर महानगरका मेयरको अगुवाइमा भएका सवै कामले पूर्णता पाउने दावी समेत गरे । यसैगरी प्रदेश नं.१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जन अपेक्षा अनुरुपका कामहरु हुदै गएको बताए । राज्यले जग्गा र धनीपुर्जा बाढ्ने भन्दा पनि निश्चित बर्ग र समुदायका व्यक्तिहरुलाई आवासको व्यवस्था गर्नु पर्नेमा जोड दिए । विराटनगर महानगरका मेयर भीम पराजुलीले आफ्ना कार्यकालमा थालनी भएका शिलान्यास सहित जनहितका कार्यक्रम आफ्नै पालामा सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताए । उनले विराटनगरको वार्ड नं. १९ र ५ का सुकुम्वासी र विपन्न वर्गको हितका लागि गरिएको कार्यमा सहयोग गर्न आग्रह गरे । सो आवास निर्माणका लागि ह्यावीटेट फर ह्युमानिटी इन्टरनेसनल नेपाल ,उद्योग संघठन मोरङ,मोरङ ब्यापार संघ लगायतको समेत सहभागिता रहने छ । नेपाल सरकारको २ करोड , विराटनगर महानगरको १ करोड ,ह्यावीटेट नेपालको १ करोड ५० लाखको सहयोग रहने छ भने उद्योग संघठन मोरङ र मोरङ ब्यापार संघले २० वटा घर बनाउने छन् । कार्यक्रममा प्रदेश सभासदस्य तथा कांग्रेस सचेतक केदार कार्की , नेपाली कांग्रेसका सचिव नागेश कोइराला ,नेकपाका ऋषिकेश पोखरेल,मोरङ ब्यपार संघका अध्यक्ष पवन सारडा,उद्योग संगठनका अध्यक्ष भीम घिमिरे,वार्ड नं. ४ का वडाध्यक्ष देवेन्द्र पोखरेल,वार्ड नं. ५ का वडाध्यक्ष मीन आचार्य ,नेपाली कांग्रेस नगर कार्यवाहक सभापति अरुण न्यौपाने,नेकपाका नगर अध्यक्ष सागर थापा लगायतले आ–आफ्ना धारणा ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्