विप्लबको गतिबिधिमा प्रचण्डले भने, ‘अतिवादलाई सरकारले नियन्त्रण गर्छ’

विप्लबको गतिबिधिमा प्रचण्डले भने, ‘अतिवादलाई सरकारले नियन्त्रण गर्छ’

विराटनगर, २० फागुन ।
नेकपामा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले दुई अध्यक्ष बिचमा मन्त्री मण्डल हेरफेरमा कुनै कुरा नभएको बताएका छन् । सरकारमा कति राख्ने र कसरी अगाडि बढाउने भन्ने समिक्षा प्रधानमन्त्रीले गर्ने भएकोले दुई अध्यक्ष बिच कुनै पनि छलफल नभएको बताएका हुन् ।

राजपाले सरकारलाई दिएको समर्थन छाड्ने बारेमा पत्रकारले राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले अहिले राजपा तत्काल सरकारमा जाने र समर्थनबाट फिर्ता लिने बारेमा अहिले नै कुनै निर्णय नलिने स्पष्ट पारे ।
संघीय समाजवादी फोरमसँग भएको सम्झौता अनुसार आबश्यकताका आधारमा संबिधान संशोधन गर्ने बारेमा छलफल भईरहेकोले संबिधान संशोधन गर्ने बेलामा राजपा पनि सहमतीमा आउने बताए ।
पार्टी एकिकरणको बारेमा दुई अध्यक्ष बिच बसेर यसलाई चाँडै टुङ्ग्याउने भएको सहमती अनुसार २–३ दिन भित्रैमा टुङ्गिने बताएका छन् । पछिल्लो दुर्घटनाका कारण धेरै कामहरु रोकिएको स्पष्ट पार्दै उनले झापाबाट फर्किए लगत्तै प्रदेशको बारेमा निर्णय गरिने बताए । ‘प्रदेशको प्रस्ताव तयार भईसकेको छ, अध्यक्ष प्रचण्डले भने, अबको २–३ दिन भित्र अगाडि बढ्छ।’
प्रचण्डले विप्लबलाई भने अतिवाद
विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा नेकपाका अध्यक्ष एवम पुर्ब प्रधानमन्त्री समेत रहेका प्रचण्डले पछिल्लो बम बिस्फोट तथा हतियार भेटिनुलाई अतिवाद भएको बताएका छन् । त्यो बेलाको हतियार अहिले भेटिएको भन्ने प्रशंगमा प्रचण्डले जति हतियार क्यान्टोमेन्टमा थिए सबै ब्यवस्थापन गरेको र शेनाको समायोजना गरेको स्पष्ट पारेका छन् । तर त्यही भित्रबाट केही चोरी भएको भन्ने जानकारी त्यो बेलामा नै सरकारलाई जानकारी गराएको पनि बताएका छन् ।
‘त्यो बेला कसैले लुकाएर राखेको भए आफु जिम्मेवार हुनसक्ने अबस्था पनि हैन, त्यो सामान्य घटना हो, उनले भने, त्यसलाई समस्या हल नभएको भन्ने प्रचार गर्नु उचित हैन ।’
उनले पछिल्लो बम आक्रमण र हतियार भेटिएको बिषयलाई राज्यले यस गम्भिर रुपमा लिनु पर्छ भनेर छलफल भईरहेको र सरकार पनि लागेकोले नियन्त्रण हुने स्पष्ट पारे ।

राजनीतिमा सहमतीमा आउने हदसम्मको पहल पनि सरकारले नगरेको हैन । भविश्यमा पनि पनि गर्ने बताए ।
‘देशमा यत्रो ठुलो संघर्ष र बलिदानबाट बनेको संबिधान, त्यस अनुसारको वामपन्थीहरुको सरकार भएको बेलामा यसलाई ‘डिस्टेप्लाईज’ गर्ने प्रयास कसैले गर्छ भने त्यो अतिवाद बाहेक केहीपनि हुदैन अध्यक्ष प्रचण्डले भने, अतिवादलाई नियन्त्रण गर्नको लागि सरकारले गम्भीर रुपले सोच्नु पर्छ सोचेको छ ।’ उनले चुनौती दिँदै भने, ‘तपाईहरु हेर्दै जानुहोला यो समस्यालाई राजनैतिक र सरकारको प्रशासनिक दुबैतिरबाट समाधान गरिन्छ ।’अतिवादलाई नियन्त्रण गर्न सरकारले सोच्छ सोचेको छ । राज्यको समस्या समाधान गर्न सकेनौ भने जे पनि हुन्छ भनेर एउटा शैद्धान्तिक कुरा गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्