विराटनगरमा खुल्यो सुबिधा सम्पन्न सेन्ट्रल मल, मुख्यमन्त्रीले गरे उद्घाटन

विराटनगरमा खुल्यो सुबिधा सम्पन्न सेन्ट्रल मल, मुख्यमन्त्रीले गरे उद्घाटन

प्रेम देवान ।
विराटनगर, १९ फागुन ।
विराटनगरमा मुलुक कै पहिलो स्ट्रीट लेन डिजाईनको सेन्ट्रल मल संचालनमा आएकोछ । विराटनगर–७ मेनरोडमा अवस्थित सिनेमा हलसहितको सुविधा सम्पन्न सेन्ट्रल मलको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे ।

मलको उद्घाटन गर्दै मुख्यमन्त्री राईले उपभोक्ताको गुनासो नआउने गरी काम गर्न आग्रह गरे । बाहिरी बजारको भन्दा बढी मुल्य लिएर उपभोक्ताले गुनासो गर्ने गरी काम भए उपभोक्ता ठगिएको कुरा आए त्यसले फाईदा नगर्ने भन्दै सहज रुपमा उपभोक्तालाई सेवा दिन आग्रह गरेका हुन । उनले सेन्ट्रल मलले नेपालकै छुट्टै पहिचान बोक्ने स्मरण गर्दै फराकिलो सोच, आँट र जाँगरका साथ शुरु भएकोले प्रदेशकै एउटा सकारात्मक काम शुरु भएकोमा प्रशंसा गरे । उनले प्रदेशलाई नमु्ना र समृद्ध बनाउनको लागि निजी क्षेत्रलाई अग्रह गर्दै चाँडै लगानी सम्मेलन गर्ने तयारी भईरहेको समेत जानकारी दिए ।
यसरी शुरुभयो मल
विराटनगरका प्रतिष्ठित औद्यौगिक व्यापारिक घराना विशाल गु्रप, देवेनरा गु्रप, मुन्दडा गु्रप र हाईलाईफ गु्रपको संयुक्त लगानीमा सेन्ट्रल मल संचालनमा आएको हो ।
तीन तले सुविधा सम्पन्न सेन्ट्रल बजारमा नुनदेखि सुनसम्म पाईने संचालकको दाबी छ । मुख्य बजार भित्र नेपाल बाहेक विश्वका सात भन्दा बढी देशका सामाग्री खरिद गर्न सकिने उनीहरुको दाबी छ । करिब १ अर्बको लगानी शुरु भएको सेन्ट्रल मल २४ सै घन्टा सिसि क्यामाराको निगरानी छ ।
सेन्ट्रल मल भित्र विभिन्न कम्पनीका कपडा, जुत्ता, चप्पल, कस्मेटिक विलासिताका सामाग्री राखिएको छ। अत्याधुनिक सेन्ट्रल बजारमा आफूले खोजे अनुसारका सम्पुर्ण सामाग्री पाईने सेन्ट्रल मलका कार्यकारी निर्देशक प्रकाश मुण्दडाले बताए । उनले नेपालकै पहिलो यस्तो नयाँ प्रबिधिबाट मल निर्माण भएकोले दशेकै लागि नयाँ भएको स्पष्ट पारे ।

भिडियाे रिपाेर्ट

https://www.facebook.com/ourbrt/videos/2495377240536837/

सेन्ट्रल मलमा विभिन्न सोरुम, रेष्टुरेन्ट, सुपर मार्केट, राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डका सामाग्री उपलब्ध हुनेछन् । यस अघि सोही ग्रुपले ११ करोडको लगानीमा सिनेमा हल संचालनमा ल्याईसकेको छ । मलमा झण्डै २ सयले रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्