शिवरात्रीको दिन भेटियो विराटनगरमा १ हजार ८ शिवलिङ्ग (भिडियो सहित)

शिवरात्रीको दिन भेटियो विराटनगरमा १ हजार ८  शिवलिङ्ग (भिडियो सहित)

प्रेम देवान/ विराटनगर, २० फागुन ।

विराटनगर १ स्थित सिँघिया नदि किनारमा शिवरात्रीका दिनदेखि शिव भगवानका एक हजार ८ वटा शिव लिङ्ग प्रर्दशनमा राखिएको छ । विराटनगर १ का स्थानिय युवाहरुको पहलमा १५ दिने श्री १००८ शिवरात्री धार्मिक महामेला महोत्सवमा शिवलिङ्ग प्रर्दशनमा राखिएको हाे।

फागुन २० गतेदेखि चैत्र ४ गतेसम्म विभिन्न देवी-देवता र जनवारका तीन दर्जन भन्दा बढी मूर्ति निर्माण गरिएको छ । हिन्दुधर्मको प्रचार-प्रसार तथा युवाहरुमा धर्म प्रति आस्था जगाउने उदेश्यले महामेला महोत्सव गरिएको मेला संरक्षक रिचार्ड गौतमले जानकारी दिए ।

पछिल्लो समय युवाहरु आफ्नो धर्म सस्कृति प्रति चासो नदेखाउने गरेका कारण यस्ता खालका मेलाले युवाहरुमा धर्म सरक्षणमा टेवा पुग्ने गौतमको दावी छ । मेलामा १ हजार ८  शिवलिङ्ग दर्शन गर्न  सर्वसाधरण बाक्लो उपस्थित थियाे । महामेलमा शिव र पार्वतीको विशाल मूर्ति राधा हशिचन्द्रघाट, ६० फिट गहिरो पातालपुरी समुन्द्र मन्थन चित्रणकला लगायत  तेतिसकोटी  देवताको मुर्ति प्रदर्शनीमा राखिएको छ ।

https://www.facebook.com/ourbrt/videos/381235549122358/

साथै १००८ धार्मिक महायज्ञ मेलामा  विभिन्न मनोरन्जनका खेलहरु समेत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्