ईलाममा ८० लाखमा फूटसल खोल्ने तयारी

<span class='c1'>ईलाममा ८० लाखमा</span> <span class='c2'>फूटसल खोल्ने तयारी</span>

इलाम, २१ फागुन ।   इन्डोर गेमको विकास र खेल पर्यटन प्रोत्साहनका लागि इलाममा फूटसल बनाइने भएको छ । इलाम स्पोर्टस् सेन्टरले करीब ८० लाख बराबरको फूटसल मैदान र भवन स्थापना गर्न लागेको बताइएको छ ।

फूटबल जस्तै गरी तर घरभित्र खेलाइने फूटसलका लागि जग्गा व्यवस्थापन र सम्याउने कार्य पूरा भएको सेन्टरका सञ्चालक रोसन राईले जानकारी दिए । इलाम नगरपालिका ९ को काफ्लेबारीमा दुई रोपनी जमीनमा ट्रस र कार्पेट लगाएर फूटसल खोल्न लागिएको सोमवार पत्रकार सम्मेलनमा राईले जानकारी दिएका हुन् । ट्रस राजधानीबाट ल्याएर जडान गर्ने र १ महीनाभित्रमा फूटसल खेलाउन सकिने उनले बताए ।

बत्तीको समेत व्यवस्थापन गरेर र कृत्रिम कार्पेट ओछ्याएर निर्माण गरिने फूटसलमा २४ सै घण्टा खेल खेलाउन सकिने अर्का सञ्चालक सुरेन्द्र राई बताउँछन् । पाँचपाँच जनाको टीम मिलाएर खेल्न सकिने फूटसल १ घण्टामा दुई टीमलाई खेल्न दिने र त्यसको १ हजार रुपैयाँ शुल्क लिइने जानकारी सम्मेलनमा दिइएको थियो । फूटसल खेलसँगै चेस एकेडेमी, ब्याडमिन्टन र अन्य इन्डोर गेम सञ्चालनको व्यवस्था गरिने बताइएको छ । जिल्ला फूटबल संघ इलामका अध्यक्ष महेश श्रेष्ठले फूटसल इलाममा भित्र्याउने पहल सकारात्मक भएको र यसलाई संघमा आबद्ध गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्