बिराटनगरको एजेलीया स्कुलले भब्यरुपमा बार्षिक उत्सव तथा अभिभावक दिवस मनायो

बिराटनगरको एजेलीया स्कुलले भब्यरुपमा बार्षिक उत्सव तथा अभिभावक दिवस मनायो

विराटनगर फाल्गुन २१ , 

विराटगर महानगरपालिका १ मा रहेको एजेलीया सेकेण्डरी स्कूलले आफ्नो ३५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ । सोमबार स्कुलले विराटनगरको बिरेन्द्र सभागृहमा विभिन्न कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।

वार्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्य र नाटकलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी सामाजिक विकास मन्त्री जिवन घिमिरेले अव प्रदेश १ मा रहेको सम्पूर्ण स्कूल प्रविधि शिक्षा लागु गरि किताव र झोला रहितको शिक्षा ल्याउँने तयारी रहेको बताए । कार्यक्रममा प्रदेश सांसद यसोदा अधिकारी, विराटमहानगर पालीकाका शिक्षा महाशाखा प्रमुख रुद्रप्रसाद द्लाल, स्कूलका कार्यकारी निर्देशक दिनेश ढुंगाना,स्कुलका प्रिन्सिपल सेवक बजगााई र स्कूलका निर्देशक यमुना दत्त दाहाल लगायतले बोलेका थिए ।

स्कूलका व्यवस्थापन समितिका अध्यक्ष सारदा दाहालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्