गरिखानेको कथा : बिराटनगरमा खाजा घर र मोबाइल मर्मत पसल चलाएर सन्तान पढाउदै लक्ष्मी देवी

गरिखानेको कथा : बिराटनगरमा खाजा घर र मोबाइल मर्मत पसल चलाएर सन्तान पढाउदै लक्ष्मी देवी

बिराटनगर फाल्गुन २१ ,

बिगत ५ बर्ष देखि बिराटनगरको सहिद मैदान छेउमा मोबाइल र खाजा पसल संचालन गर्दै आएकी लक्ष्मी देवी साह लाखौं महिलाका लागि प्रेरणाकी सोत बन्न सक्छिन ।

३० बर्षकी लक्ष्मी देवीले आफ्नो श्रीमानबाट प्रेरणा पाएर काम गर्न थालेको बताइन । उनलाई काममा श्रीमान र घरपरिवारको पूर्ण सहयोग रहेको छ । उनले पारिवारिक समस्याले गर्दा कक्षा ८ सम्म मात्र पढ्न तर उनको आफ्नो  छोरालाई भने पढाएर इन्जिनियर बनाउने ठूलो सपना छ ।

"म बिभिन्न कारणले पढ्न सकिनँ तर आफ्नो छोरा छोरीलाई पढाएर अगाडि बढाउँछु" लक्ष्मी बताउँछिन् । उनको पसलमा खाजामा म:म,चाउमिन ,समोसा चाट लगायतका सामग्री पाउछ भने संगै मोबाइल रिपेरिंग पसल समेत रहेको छ जसमा उनि मोबाइल फोन मर्मतको काम पनि गर्दै आएकी छिन । मोबाइल मर्मत भने उनले आफ्नो श्रीमानबाट सिकेकी हुन् । उनका श्रीमान कामको शिलसिलामा जोगबनीमा कार्यरत रहेका छन् । उनि महिनामा ४० हजार सम्म कमाउने गरेको बताउछिन । तर अहिले सडक मर्मतको कामले गर्दा ब्यापारमा गाह्रो भएको उनि दुखेसो गर्छिन ।

मेहनत गर्यो भने सफलता पाउन सकिने तथा श्रीमान श्रीमतीको साथ र सहयोगले जीवन अझ सहज हुने उनको बुझाइ रहेको छ । साथै उनि सबै महिलालाई आफ्नो खुट्टामा उभिएर काम गर्न सुझाब दिन्छिन ।

प्रस्तुति : बिबेक दाहाल/प्रेम पारख 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्