बिराटनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को प्रदेश १ भेला सम्पन्न

बिराटनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को प्रदेश १ भेला सम्पन्न

विराटनगर, फागुन २१ गते ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । सो पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टी संविधान कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभएको हो ।

अध्यक्ष राणाले सिंहदरबारको अधिकार स्थानीय तहमा दिनु सङ्घीयताको मजबुत पक्ष भएको बताउँदै प्रदेश सरकारबाट शक्तिको दुरुपयोग हुनु गलत भएको धारणा व्यक्त गर्नुभयो । राप्रपा९संयुक्त०को एजेण्डामा सहमति जनाउनका लागि पार्टीको ढोका खुल्ला रहेको बताउँदै उहाँले राप्रपाका कमल थापासँग चुनाव चिन्ह ‘हलो’मा सहमति नभएकाले एकीकरण हुन नसकेको प्रष्ट पार्नुभयो ।

अर्का अध्यक्ष डा लोहनीले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र, सबैलाई स्वीकार्य संविधानिक राजसंस्था स्थापनाको मुद्दा लिएर पार्टी अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपाली काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन भने सरकारले पनि सुशासन कायम गरी मुलुकमा भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहनालाई पूरा गर्न सकेन ।’’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्