भरतमोहनको श्रद्धाञ्जली सभा : मनमोहन पोलिटेक्निकमा पदाधिकारी रोए, मन्त्रीले सम्झाए

<span class='c1'>भरतमोहनको श्रद्धाञ्जली सभा : मनमोहन</span> <span class='c2'>पोलिटेक्निकमा पदाधिकारी रोए, मन्त्रीले सम्झाए</span>

अकबर अली
दुहबी, २१ फागुन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भरतमोहन अधिकारीको सपना पुरा गर्ने बताएका छन् । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ४मा रहेको मनमोहन पोलिटेक्निकमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा मन्त्री पण्डितले मनमोहन पोलिटेक्निकलाई विश्व बिद्यालय बनाउने सपना पुरा गरेर देखाउने बताएका हुन् ।

स्व.भरतमोहन अधिकारीको सपना मनमोहन पोलिटेक्निकलाई विश्वविद्यालय बनाउने सपनालाई आफु पुरा गर्न तयार रहेको उनले बताए हुन् । ‘विगतमा पोलिटेक्निकलाई काठमाडौँमा नै स्थापना हुने कुरालाई पन्छाउँदै भरतमोहन अधिकारीले हात्तिमुडामा स्थापना गरेका हुन्, मन्त्री पण्डितले भने बुढीगंगामा प्राबिधिक पढाईको क्षेत्रमा अब्बल हुने अबस्थामा पुर्याउनु अध्यक्षको हैसियतले स्व. भरतमोहनको भुमिका थियो ।’ मनमोहनका समन्वय अधिकारी सत्यनारायण चौधरीले भावुक हुँदै निः स्वार्थ भावनाका साग लागेका अधिकारीको निधनले् पोलिटेक्निकले क्षती ब्यहोरेको मात्र हैन देशले नै एउटा त्यागी नेता गुमाएको स्मरण गरे । श्रद्धाञ्जली सभामा पाेलिटेक्निकका पदाधिकारी तथा सदस्यहरु धुरु–धुरु रुँदै  स्व. अधिकारीको अपुरा सपना पुरा गर्ने दायित्व अब आफुहरुले लिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्