माेरङकाे दशगजामा नेपाल–भारत सुरक्षा संयुक्त गस्ती, राेकिएला सिमामा हुने तस्करी !

माेरङकाे दशगजामा नेपाल–भारत सुरक्षा संयुक्त गस्ती,  राेकिएला सिमामा हुने तस्करी !

रविन्द्र बराल ।
रंगेली, २१ फागुन ।
नेपाल–भारत सिमा क्षेत्रमा पछिल्लो समय भारतीय सुरक्षा कर्मी र नेपाली सुरक्षाकर्मीकाे गतिबिधि बढ्दै गएको छ। भारतीय सुरक्षाकर्मी र नेपाली सुरक्षाकर्मी बिच संयुक्त गस्ती शुरु भएसँगै सिमा क्षेत्रमा सुरक्षा गतिबिधि बढेको हो ।

ससस्त्र प्रहरी बल ३ नम्बर कंकालिनी गण मोरङ र भारतीय सुरक्षा बल एसएसवीले संयुक्त गस्ति थालेका हुन् । फागुन १६ गतेदेखि बिराटनगरको सिमा क्षेत्र जोगवनीदेखि नै संयुक्त गस्ती शुरु भएको हो । गस्तीको क्रममा मोरङका ७२ किलोमिटर पैदल गस्ती गर्ने सशस्त्र प्रहरीले जनाएको छ । जोगवनीदेखि रतुवामाई नगरपालिका ३ को मिर्चैया गढीसम्म नियमित गस्ती गर्ने छ ।
भारतिय सशस्त्र सिमा बल र सशस्त्र प्रहरी बल रंगेलीले गस्ती शुरु गरेको छ । नेपाल–भारतको दशगजा क्षेत्रको ७२ किलोमिटर भित्र १ सय २४ बटा पिलर रहेको छ । त्यसैलाई आधार बनाएर दुबै देशका सुरक्षा अधिकारीहरुले संयुक्त गस्ती शुरु गरेका हुन् ।
संयुक्त सुरक्षा गतिविधिले सिमा नाकामा हुने अबैध कृयाकलाप, राजस्व छली, मानव तस्करी लागुपदार्थ, दुब्र्यशनी नियन्त्रण गर्ने अपेक्षा गरिएको गस्ती टोलीका प्रमुख सुमन बुढाथोकीले बताए । संयुक्त गस्ती टोलीले स्थानीय सर्बसाधारणमा समेत सकरात्मक सन्देश दिने उदेश्यले संयुक्त गस्ती गरिएको सशस्त्र सिमा प्रहरी बल रंगेलीका प्रमुख बिश्वनाथ पोख्रेलले जानकारी दिए । उनका अनुसार, ‘सिमा क्षेत्रमा हुने अबैध गतिबिधि रोक्नको लागि यो अधियान प्रभावकारी हुनुको साथै दुवै देशका सुरक्षा नियका बिच सम्बन्ध सुधार हुने छ ।’
संयुक्त गस्ती टोलीमा सशस्त्र प्रहरीका २१ जना रहेका छन भने भारतीय एसएसपीका १५ जनाले संयुक्त रूपमा गस्ती गरेका छन् ।

https://www.facebook.com/ourbrt/videos/383565499143198/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्