विप्लवको पार्टीलाई ओलीको चेतावनी–वामपन्थी भएपनि छाडिदैन

विप्लवको पार्टीलाई ओलीको चेतावनी–वामपन्थी भएपनि छाडिदैन

झापा, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधि नसच्चिए सरकारले कठोर कदम चाल्ने चेतावनी दिएका छन् ।

मंगलवार इलाम र झापाको सिमाना सुखानीमा आयोजित सुखानी स्मृति सभामा बोल्दै उनले हिंसात्मक गतिविधि गर्नेलाई नछाड्ने बताए । विस्फोट गराएर मान्छे मार्ने गतिविधि गर्नेलाई राजनीतिक दल भन्न नमिल्ने उनको टिप्पणी थियो ।

ओलीले भने, ‘कम्युनिस्ट पार्टीको नाम लिएर लुटमार गर्ने काम बन्द गर्नूस् । होइन भने जनताको सरकार छ, शान्ति सुव्यवस्था र अमनचयन कायम गर्नका लागि नियन्त्रण गर्नुपर्ने हुन्छ ।’ हिंसात्मक गतिविधि गर्ने वामपन्थी नै भए पनि वामपन्थी सरकारले नछोड्ने ओलीको भनाई थियो । यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि विप्लवको पार्टी नसच्चिए प्रशासनिक कारबाही गर्ने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्