भारतीय समूहले किनेपछि सौर्य एयरलाइन्सले पुनः उडान थाल्ने

<span class='c1'>भारतीय समूहले किनेपछि सौर्य</span> <span class='c2'>एयरलाइन्सले पुनः उडान थाल्ने</span>

काठमाडौं, २२ फागुन। भारतीय समूहले किनेपछि सौर्य एयरलाइन्सले पुनः उडान थाल्ने भएको छ ।  कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने सेवा शुल्कबापतको ५० लाख रुपैयाँ बक्यौता बुझाएको हो ।

यससँगै एयरलाइन्सले फागुन २४ गतेदेखि नियमित उडान थाल्ने भएको छ ।  ४ करोड भन्दा बढी बक्यौता रहँदा विमानस्थलले गत मंसिर ११ गतेदेखि सौर्यको उडान रोकेको थियो । अबका १० दिनभित्र थप  ५० लाख र दुई महीनाभित्र सबै बक्यौता तिर्ने एयरलाइन्सले वचन दिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

भारतीय कम्पनी कुबेर समूहले केही नेपाली साझेदारसँग मिलेर सौर्य एयरलाइन्स किनेको हो । भारतीय कम्पनीले सौर्य किन्न ६३ करोड भन्दा बढी खर्चेको छ ।  सो समूहले ४९ प्रतिशत भारतीय तथा ५१ प्रतिशत नेपालीका नाममा खरीद गरेको जनाइएको छ ।

यसअघि सौय एयरलाइन्स बेच्ने सम्झौता भएर पनि स्वामित्व हस्तान्तरण भएको थिएन । दिनमा ७ वटा उडान भर्न अनुमति पाएको कम्पनी अब नयाँ व्यवस्थापनका साथ चल्नेछ ।  सौर्य एयरलाइन्सका बजार व्यस्थापन प्रमुख मुकेश खनालले बक्यौता बुझाउँदै सेवा सञ्चालन गरिने बताएका छन् ।

सौर्यसँग बम्बार्डियर सिआरजे-२०० जहाज सञ्चालन योग्य अवस्थामा छ ।   हाल विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान गर्दै आएको सौर्यले नयाँ जहाजबाट पोखरा, सिमरा, भरतपुर, जनकपुर तथा राजविराजका लागि उडान गर्ने योजना रहेको जनाएको छ ।

आर्थिक संकटमा फँसेपछि कम्पनी समस्यामा पर्दै आएको थियो । सञ्चालन घाटाका कारण कम्पनीले क्षमताअनुसार सेवा पनि दिन सकेको छैन भने व्यवस्थापकीय खर्चहरु जुटाउन पनि समस्या थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्