सिरहाबाट चेलीबेटी बेच्ने गिरोहका मुख्य नाइके पक्राउ

सिरहाबाट चेलीबेटी बेच्ने गिरोहका मुख्य नाइके पक्राउ

सिरहा, २२ फागुन ।  सिरहाबाट चेलीबेटी बेच्ने गिरोहका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–१० पिपरागाउँ सिताटोल बस्ने रञ्जित महतो रहेका छन्।

प्रहरीको सर्वाधिक खोजीमा रहेका महतोविरुद्ध बर्दियाका पीडित दुई महिलाले किटानी जाहेरी दिएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। गोप्य सूचनाको आधारमा बर्दियाका प्रमुख जिल्ला अधिकारी तथा पत्रकार र सिरहाका प्रमुख जिल्ला अधिकारीको सहकार्यमा महतोलाई प्रहरीले पक्राउ गरेको हो।

निकै खोजतलासपछि प्रहरीले महतोको पहिचान गरी सिराहा प्रहरीको सक्रियतामा सोमबार घरबाटै पक्राउ गरेको थियो।उनको फोटो पनि थरी थरीको भएकोले खोजतलासको लागि केन्द्रीय अनुसन्धान ब्यूरो ( सिबिआई) लाई पत्र पठाइएपछि पक्राउ परेको प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले जनाए।

पक्राउ परेका महतोलाई बुधबारसम्म बर्दिया प्रहरीलाई कारवाहीका लागि बुझाइने प्रहरी उपरीक्षक मैनालीले बताए। महतोले बर्दिया लगायत जिल्लाका १ सय ५० नेपाली महिलालाई आकर्षक रोजगारी दिने प्रलोभन देखाई बनारसको लटकनियदाई स्थित युवराज सिंहको घरमा बन्धक बनाई यौन दुर्व्यवहार गर्न लगाएका थिए।

सिंह भारतीय जनता पार्टी बनारसको युवा मोर्चाका अध्यक्ष हुन्। गत साउन महिनामा महतोले कुवेत लैजाने भन्दै भारतको बनारसमा बन्धक बनाएर राखेका १ सय ५० मध्ये बर्दियाका दुई महिलाको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले बताए।

करिब सात महिनाअघि घर फर्किएकी ३२ वर्षीया ती महिलाका अनुसार बनारस पुर्‍याएर सञ्जीव बेपत्ता भएका थिए। पक्राउ परेका महतोलाई म्याद थप गरी अनुसन्धान गर्ने तयारी भईरहेको बर्दिया प्रहरी प्रमुख सुरेन्द्र प्रसाद मैनालीले जानकारी दिए। प्रहरीले महतो विरुद्ध मानव बेचबिखन तथा ओसार पसार ऐन अन्तर्गत कारबाही चलाउने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्