रंगेलीमा रहेको टाईम्स अस्पतालकाे मनपरी असुली, सेवाग्राहीबाट बढी लिएकाे रकम फिर्ता

रंगेलीमा रहेको टाईम्स अस्पतालकाे मनपरी असुली, सेवाग्राहीबाट बढी लिएकाे रकम फिर्ता

रबिन्द्र बराल
रंगेली, २२ फागुन ।
रंगेली नगरपालिका ७ मा अवस्थित टाईम्स अस्पतालले समान्य दुर्घटना भएर उपचार गराउन पुगेका एक बिरामीलाई उपचार गरे बापत बढी रकम लिएको पाईएको छ ।

सोमबार रंगेली–विराटनगर सडक खण्ड अन्तर्गत रंगेली नगरपालिका ७मा पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको मोटरसाईकलले सोही स्थानका आलोक मण्डललाई ठक्कर दियो । ठक्करबाट उनको अनुहार र ओठमा चोट लाग्यो । ईटहरी १२ बस्ने बर्ष ३२ का अमित कुमार साहले ठक्कर दिएका घा२तेलाई अस्पताल भर्ना गराए ।
घाईतेलाई रंगेलीको टाईम्स अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारको क्रममा मनपरी रकम असुल गरेको अमितले बताए । अनाबश्यक परिक्षण, ओठको सल्यक्रियाको ८ हजार , सामन्य बिरामी बेडको प्रत्येक दिनको १७ सय , एक्सरे लगायतको एकैदिनमा २० हजार रकम लिएको आरोप अमितको छ ।
सोही बिषयलाई लिएर रंगेली नगर युवा क्लवका अध्यक्ष निरज साह सहितको टोलीले त्यो बारेमा बिरोध गरेका थिए । निरज साह लगायतका युवाहरुले सबै हिसाब गर्दा १० हजार मात्र भएको पाईएपछि अस्पतालले १० हजार फिर्ता गरेको हो ।
अस्पताल प्रशासनले १० हजार रुपैयाँ मात्रै लाग्ने भन्दै बेड चार्ज सल्यक्रिया को रकम घटाएको जनाएकोछ ।  बोल्नेले त आफ्ना कुरा सहजै राख्ला तर सामान्य सर्बसाधारण जाँदा अस्तालले के गर्छ भन्ने प्रश्न यो घटना पछि उब्जिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्