काठमाडौं फाल्गुन २२ ।
पूर्व मुमा बडामहारानी रत्नराज्य लक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी छन्। उनलाई मंगलबार बेलुका पातलो दिसा हुने र पिसाव कम हुने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उनलाई अस्पतालका चिकित्सक डा खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा मधु घिमिरे र डा ब्रजेन्द्र श्रीबास्तवको टोलीले उपचार गरिरहेको विज्ञप्तिमा भनिएको छ, “गत एक सातादेखि रुघाखोकीलगायतका कारण स्वास्थ्यमा समस्या देखिएको थियो भने खोकी लाग्ने, कफ आउन गाह्रो हुने समस्या देखिएपछि खोकीको औषधी चलाइएको थियो।”
उनलाई अस्पतालमै राख्ने अस्पताल श्रोतले जनाएको छ।
उनको शीघ्र स्वास्थ्य लाभको कामनाका लागि अस्पताल परिसरमा स्वास्थ्य लाभ कामना पुस्तिका राखिएको विज्ञप्तिमा उल्लेख छ।