प्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्पतालमा भर्ना

<span class='c1'>प्रधानमन्त्री केपी शर्मा ओली</span> <span class='c2'>अचानक अस्पतालमा भर्ना</span>

काठमाडौं २२ फागुन । नियमित स्वास्थ्यजाँचका लागि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकले भर्ना लिएका छन् । स्वास्थ्य फलोअपका लागि बिहान १० बजे त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पुगेका प्रधानमन्त्री ओलीलाई अस्पतालले भर्ना लिएको उनको सचिवालयलले जानकारी दिएको छ ।
“नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री अस्पताल आउनुभएको थियो,” प्रधानमन्त्रीका प्रेस सहयोगी चेतन अधिकारीले भने, “चिकित्सकले केही समय अब्जरभेसनका राख्नुपर्छ भनेकाले उहाँ अस्पतालमै हुनुहुन्छ ।”अस्पतालले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको स्वास्थावस्थाबारे प्रकाश पारेको छ । अस्पतालले प्रधानमन्त्रीको केही परीक्षण गर्नुपर्ने देखिएको मनमोहन कार्डियोलोजी एवम् भास्कुलर सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।
बाह्खरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्