सर्बोच्चको आदेशपछि उपसचिव सञ्जेल विराटनगर श्रम कार्यलय फर्किए, दलाल झस्किए

सर्बोच्चको आदेशपछि उपसचिव सञ्जेल विराटनगर श्रम कार्यलय फर्किए, दलाल झस्किए

शिवम मिश्र ( प्रशान्तं)
विराटनगर, २२ फागुन । भ्रष्टाचार विरोधी कर्मचारीको रुपमा चिनिएका उपसचिव प्रेमप्रसाद संजेलले पुनः श्रम कार्यालय विराटनगर फर्र्किएका छन् । मन्त्रालयले काजमा सरुवा भएका सर्बोच्चको आदेश पछि उनी सोही कार्यालयमा प्रमुखको रुपमा हाजिर भएका हुन् । संजेलले बुधबार बिहान ९ः४५ बजे कार्यालय पुगेका थिए ।

गत असोज ११ गते कार्यालयमा प्रमुखको रुपमा हाजिर भएका संजेलाई ७० दिनमै सरुवा गरिएको थियो । सरुवा गर्नुको कुनै कारण नभएको भन्दै उनले पटक पटक श्रम मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय तथा सम्बन्धित मन्त्रालयहरुमा यस बारेमा जानकारी गराउँदा समेत वेजास्ता गरेपछि उनले सर्बोच्च अदालतमा रिट हालेका थिए । निजामती सवा ऐनमा कुनै पनि निजामती कर्मचारीलाई २ वर्ष भन्दा तल बिनाकारण सरुवा गर्न नमिल्ने भएकोले आफु अदालत गएको सञ्जेलले बताए । यदी त्यो भन्दा पहिले सरुवा गर्नु परेमा सरुवा गर्ने कारण समेत उल्लेख भएको हुनु पर्ने भएपनि त्यो नभई आफ्नो सरुवा बिरुद्ध आफु अदालत गएका उनको भनाई छ ।
सरुवाको बिरोधमा रहेका सञ्जेल सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट दायर गर्न गएका थिए । सर्वोच्चले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सञ्जेलको सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न गत शुक्रबार अन्तरिम आदेश जारी गरेको थियो ।
बुधवार देखि कार्यालयमा हाजिर भएका सञ्जेलले संजेलले तीन कामलाई प्राथमिकतामा राखेका छन । उनले श्रम कार्यालयमा सर्वसाधरणको काम छिटोभन्दा छिटो गर्ने , आफू कार्यालय प्रमुख हुँदा निरिक्षण गरेका उद्योग अनुगमन र त्यसपछि दिएका निर्देशन कार्यान्वयन गरे-नगरेको अनुगमन गर्ने र पुनः श्रम स्वीकृतिका लागि काम हुँदा हुने ढिलासुस्ती, घुसखोरी र अतिरिक्त शुल्क लिने काम रोक्ने दाबी गरेका छन् । यदी बढी शुल्क लिएको थाहा पाए कारबाही गर्ने र आफू बसेको कार्यलयलाई बिचौलिया मुक्त बनाउने उनले प्रतिवद्धता जनाएका छन् ।
पुनः श्रम स्वीकृति लिन आउनेहरुलाई श्रम कार्यालय बाहिर सटर खोलेर काम गरिरहेकाहरुले काम छिटो गरिदिन्छु भन्दै गैरकानुनी काम गरे अख्तियार लगाएर जेल हाल्ने चेतावनी दिए । ‘हामीले हाम्रो कार्यालय अगाडि पैसा उठाउने एजेन्ट राखेका होइनौं,’ संजेलले भने, ‘त्यस्तो काम गरेको पाइए अख्तियारलाई बुझाइदिन्छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्