राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

<span class='c1'>राजपाद्वारा सरकारलाई दिएको</span> <span class='c2'>समर्थन फिर्ता</span>

काठमाडौं,२२ फागुन । राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले बैठकपछि जारी गरेको विज्ञप्तीमा आजैका दिनदेखि नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ ।

“थरुहट आन्दोलनका नेता, कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद माननीय रेशमलाल चौधरीलगायतका आन्दोलनकारी नेता, कार्यकर्ताहरुलाई कैलाली जिल्ला अदालतले गरेको आजिवन काराबासको कैद सजायको फैसलाबाट राजपा नेपाललाई स्तब्ध र मर्माहत तुल्याएको छ,” विज्ञप्तीमा भनिएको छ ।

त्यसैगरी विज्ञप्तीमा थप उल्लेख छ, “दुई तिहाई बहुमत हुँदाहुँदै पनि संविधान संशोधन नगरेको, मधेश र थरुहट आन्दोलनका बन्दीहरुको रिहाइ नगरेको, उनीहरुमाथी लगाइएका झुठा मुद्दा फिर्ता नलिएको, घाइतेहरुको उपचार नगराएको, बेरोजगारी समस्याको समाधान, महंगी नियन्त्रण र भ्रष्टाचार नियन्त्रण नगरेको, असीना एवम् बाढीपीडितलाई राहत नदिएको, निर्मला पन्तको लगायतको बलात्कारी र हत्यारालाई कारवाही नगरेको, शान्ति सुरक्षा कायम गर्न नसकेको, सन्तुलित परराष्ट्र नीति अबलम्बन नगरेको, राज्यको हरेक अंगमा दलीय हितको पक्षपोषण गरेको, संघीयतालाई कमजोर गर्ने, प्रदेशलाई अधिकार नदिने, प्रशासन संयन्त्रलाई पार्टीमुखी बनाई राख्ने र समग्रमा सरकारको एकवर्षे कार्यकाल पूर्णतः असफल रहेको पार्टीको ठहर छ । त्यसर्थ सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहेकाले राजपा नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइआएको समर्थन आजकै मितिबाट फिर्ता लिने निर्णय गर्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्