जोगवनीमा भारतले आईसीपी संचालनमा ल्यायो, नेपाल तर्फको अझै बनेन

जोगवनीमा भारतले आईसीपी संचालनमा ल्यायो, नेपाल तर्फको अझै बनेन

विराटनगर, २२ फागुन ।
नेपाल–भारत सिमा क्षेत्रमा अवस्थित एकीकृत भन्सार जाँच चौकी संचालनमा आएको छ । भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र गृह राज्यमन्त्री किरन रिजुजुले संयुक्त रुपमा उद्घाटन गरी जाँच चौकी संचालनमा ल्याएका हुन् । साथै सुरक्षाकर्मीको लागि निर्माण गरिएको भवनको समेट उद्घाटन गरिएको छ । उनले दिल्लीबाटै भिडियाे लाईभमा उद्घाटन गरे ।

भारत तर्फको एकिकृत भन्सार जाँच चौकी संचालनमा आएको भएपनि नेपाल तर्फ अझै निर्माणकै चरणमा रहेको छ।
आईसीपी भारतका प्रमुख आरके रमणले संचालयमा आईसकेको संरचनालाई नेपाली र भारत भन्सारले संचालन गर्ने बताए । यो नेपाल र भारत दुबै तर्फको संचालनमा आएबपछि यसले आम जनतालाइ निकै राहत पुग्ने बताए । अहिलेदेखि नै मालबाहक सवारीलाई नयाँ बनेको आईसीपीको बाटो प्रयोग गराउने हो भने जोगबनी र भंसार क्षेत्रमा लाग्ने घण्टौंको भिड अन्त्यहुने उनको दाबी छ ।
जोगबनी नाकामा लाग्ने अत्याधिक भिडलाई नियन्त्रण गर्ने भनी निर्माण भएको एकिकृत भन्सार जाँच चौकी (आईसीपी)का नेपाल तर्फको काम भने अझै पुरा हुन सकेको छैन ।
भारतको तर्फबाट आईसीपीको उद्घाटन गरेको भएपनि नेपाल तर्फको उद्घाटनको बिषय अझै अन्यौलमा छ । भारतले जोगवनी नाकामा बनाएको भारतले २७ वटा परियोजनाको उद्घाटन र ३ वटा परियोजनाको शिलान्यास गरेको हो ।
उद्घाटन समारोहमा बोल्दै भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल तर्फ निर्माणाधीन रहेको चेकपोस्टलाई पनि चाँडै निर्माण सम्पन्न पस्चात हस्तान्तरण गरिने बताए । उनले अब मालबाहक सवारी साधन आवत जावतमा धेरै सहुलियत हुने समेत उल्लेख गरे । अहिले भारत तर्फ एक तर्फी संचालनमा आएको भएपनि दोहोरो रुपमा संचालन हुने बितिकै सामानको आयात र निर्यातमा नेपाल र भारतले दोहोरो फाईदा लिन सक्ने स्पष्ट पारे । उनले आईसीपीको संचालनबाट कम समयमा अर्को देशबाट आयातित सामान सहज रुपमा नेपाल पुग्न सक्ने बताए । उद्घाटन कार्यक्रममा भारतीय सुरक्षा अधिकारीसँगै भन्सारका प्रमख र विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांसु अधिकारी, नेपालका उद्याेगी ब्यापारी  समेतको उपस्थिती थियो । नेपालका उद्याेगी ब्यापारीले दुबै देशकाे आईसीपी सञ्चालनमा आएमा नेपाल र भारत दुबैले फाईदा लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्