विराटनगरको न्युरोमा जटिल मानिने सोल्जर अर्थोस्कोपि सफल

विराटनगरको न्युरोमा जटिल मानिने सोल्जर अर्थोस्कोपि सफल

विराटनगर,२२ फागुन ।
विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पतालमा जटिल मानिने कुमको दुरविन प्रविधिबाट सोल्जर अर्थोस्कोपि भएको छ । मोरङ बेलबारी ११ का जीवन कुमार लिम्बुको सोलजर अर्थोस्कोपि सफल भएको हो ।

लिम्बुको दाहिने हातको माथिल्लो भागमा नशा च्यातिको थियो । नशा च्यातिएकै कारण लिम्बूको हात दुख्ने र उठाउन समेत नसकिएको डाक्टर नविन कुमार कर्णले बताए । हातमा विगत एक बर्षदेखि समस्या रहेको बिरामी लिम्बुले डाक्टर कर्णको सफल शल्यक्रियाद्वारा आफु हात गुमाउनबाट जोगिएको र पुनः आफ्नो तथा परिवारको जिविकोपार्जन गर्न सक्ने बताए ।
पछिल्लो समय न्यूरो अस्पतालले चिकित्सा क्षेत्रमा नयाँ नयाँ प्रयोगहरु सफल गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्