झापा गोल्डकप : मनाङ ‘आउट’ क्यामरुनी क्लब ‘इन’

झापा गोल्डकप : मनाङ ‘आउट’ क्यामरुनी क्लब ‘इन’

झापा, २३ फागुन । मगमग झापा गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा लाली रुपन्देहीले लिग लिडर मनाङ मर्स्याङदीको सामना गर्ने तय भएको थियो। तर, अन्तिम समयमा आएर दोश्रो संस्करणको विजेता मनाङले एएफसी कपको तयारीका लागि समय अभाव हुने भन्दै सहभागीता फिर्ता लिएपछि क्यामरुनको दाफिन्स क्लब सहभागी हुने भएको छ।

झापा गोल्डकप आयोजक समितिका महासचिव गजेन्द्र पौडेलका अनुसार गोल्डकपमा सहभागिता जनाउन दाफिन्स बुधबार बिहानै झापा आइसकेको छ। यता, मनाङका महासचिव अनिल गुरुङले ३ अप्रिलबाट सुरु हुने एएफसी कपको तयारी गर्नुपर्ने भएका कारण झापा गोल्डकप नखेल्ने भएको बताए। त्यस्तै, माइभ्याली गोल्डकपको गत संस्करणको फाइनलिष्ट भए पनि मनाङले सहभागीता नजनाउने भएको छ। मनाङले बिहीबारबाट एएफसी कपको लागि एन्फा कम्प्लेक्समा प्रशिक्षण सुरु गर्ने गुरुङले बताएका छन्।  टिमका कप्तान विराज महर्जनले मुख्य खेलाडीहरू घाइते भएको र फेरि खेल्दा घाइते भए टिमलाई नै समस्या हुने भएका कारण झापा गोल्डकप नखेल्ने निष्कर्षमा टिम पुगेको बताए।

‘आउट अप भ्यालीभन्दा पनि हामीलाई अहिले एएफसीकप बढी महत्वपूर्ण छ’ कप्तान महर्जनले भने, ‘टिम पनि सेफमा छैन। मुख्य खेलाडी अन्जन विष्ट, प्रकाश बुढाथोकी, कमल श्रेष्ठ र एडिलाजा सोमिडे लगायतका खेलाडीहरू इन्जर छन्। एएफसी कप नजिकिदै गर्दा मोफसल खेलेर टिमलाई झनै गाह्रो बनाउने छैनौँ।’ पछिल्लो समय लिग च्याम्पियन भएयता मनाङले एउटा पनि उपाधी जित्न सकेको छैन। इटहरीमा सम्पन्न मदन भण्डारी गोल्डकपको फाइनलमा आर्मीसँग पराजित भएको मनाङ त्यसपछिका प्रतियोगिताको सेमिफाइनलभन्दा माथि उक्लन सकेको छैन। एएफसी कपको पूर्वसन्ध्यामा मनाङको मुख्य प्रशिक्षकमा छिरिङ लोप्साङले पुनरागमन गरेका छन्।

क्लबको व्यवस्थापकमा छिमि उर्गेन गुरुङको नयाँ नेतृत्व आएपछि छिरिङले मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका हुन्। छिरिङको नामलाई समावेश गर्दै मनाङले एएफसी कपका लागि खेलाडीको प्रारम्भिक सूची पठाएको छ। शहीद स्मारक ए डिभिजन लिगमा सहभागि अधिकांश खेलाडीले एएफसी कप खेल्ने क्लबले जनाएको छ। उनकै नेतृत्वमा मनाङले शहीद स्मारक ए डिभिजन लिगको उपाधिसमेत जितिसकेको छ। उनी नेपालबाट एएफसीको ए लाइसेन्स प्राप्त गर्ने पहिलो ब्याचका प्रशिक्षकसमेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्