प्रादेशिक महिला सम्मेलन १३ बुँदे बिराटनगर घोषणा पत्र जारी गर्दै सकियो

प्रादेशिक महिला सम्मेलन १३ बुँदे बिराटनगर घोषणा पत्र जारी गर्दै सकियो

विराटनगर, २२ फागुन ।प्रादेशिक महिला सम्मेलन १३ बुँदे बिराटनगर घोषणा पत्र जारी गर्दै सकियो
विराटनगर, २२ फागुन ।

प्रादेशिक दुई दिने महिला सम्मेलन बिराटनगर घोषणा पत्र जारी गर्दै सकिएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलेको आयोजनामा भएको महिला सम्मेलनमो १३ बुँदे घोषणा पत्र जारी भएको हो ।
यही फागुन २१ र २२ गते भएको सम्मेलनको घोषण पत्रमा प्रदेश एवं स्थानीय सरकार सबै संरचनाहरुमा लैङ्गिक समानता नीति बनाई लागु गर्ने, महिलाहरुको हक अधिकार प्रवद्र्धन तथा संरक्षणका कार्यहरु आपसी समन्वयमा बार्षिक वजेट विनियोजन तथा कार्यक्रमको माध्यमवाट संस्थागत गर्दै आ–आफ्नो क्षेत्रवाट कार्यान्वयन गर्ने घोषणा पत्रमा उल्लेख छ ।

त्यस्तै सबै प्रकारका लैङ्गिक हिंसा, मानव बेचविखन तथा ओसारपसार, हानिकारक परम्परा एवं कुरितीजन्य प्रथा अन्त्य गर्न योजना वनाई लागु गर्नुका साथै सन् २०२५ सम्ममा बालविवाह अन्त्य गर्न प्रदेश सरकार र स्थानीय सरकार विच साझेदारी गरी कार्यक्रम सञ्चालन गर्ने पनि घोषणा गरिएको छ। प्रदेश सरकारवाट प्रत्यक्ष कार्यान्वयनमा ल्याईएका कार्यक्रमहरुको सहकार्य समन्वय, कार्यान्वयन र अनुगमनमा सहयोग गर्ने, लैङ्गिक हिंसा निवारण कोष, एकल महिला सुरक्षा कोष, बाल संरक्षण कोषलाई समन्वयात्मक रुपमा स्थापना, व्यवस्थापन र परिचालन गर्ने पनि घोषण पत्रमा समेटिएको छ । .महिला विकास र शसक्तिकरणसँग सम्वन्धित सुचना तथा तथ्याङ्कहरु नियमित रुपमा आदान–प्रदान गरि प्रादेशिक तथ्याङ्क तयार गर्ने, अध्यावधिक गर्ने र प्रदेश सरकार तथा स्थानीय तहविच प्रत्यक्ष सम्पर्क कायम गर्न सम्पर्क अधिकारी तोक्ने, भुमीहिन किसान, सुकुम्वासी महिला,अपाङ्गता भएका महिला, दलित, मुस्लिम आदिवासी, जनजाती, विपन्न तथा सिमान्तकृत समुदायका महिलाको लागि विशेष कार्यक्रमको व्यवस्था गर्ने र कानुन बमोजिम भुमी तथा आवासको अधिकार सुनिश्चित गर्ने पनि घोषणा पत्रमा लेखिएको छ । .

त्यस्तै, प्रदेश सरकार र स्थानीय तहवाट योजना तर्जुमा गर्दा सहभागिता मुलक प्रक्रिया अपनाई लैङ्गिक वजेटको नीति अवलम्वन गरी महिलाहरुको रोजगारी प्रवद्र्धनका साथै आर्थिक तथा सामाजिक शसक्तिकरणमा जोड दिने, अनिवार्य तथा निःशुल्क शिक्षा सम्वन्धि नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न विशेष कार्यक्रमहरु सञ्चालन गरी बालिका तथा किशोरीको शिक्षामा पहुँच सुनिश्चित गर्ने, स्थानीय तहका न्यायिक समितिलाई अझ प्रभावकारी वनाउन क्षमता अभिवृद्धि लगायतका कार्यक्रममा विशेष जोड दिने महिला घोषणा पत्रमा उल्लेख गरिएको समाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखाकी प्रमुख दुर्गा भण्डारी बरालले बताईन् ।

महिलाहरुको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको अधिकार सुनिश्चितताका लागि प्रदेश तथा स्थानीय तहले आवश्यक कार्यक्रम तथा बजेटको व्यवस्था गरि समन्वयात्मक रुपमा कार्यान्वयन गर्ने ,प्रदेश सरकार र स्थानीय तह विच आपसी साझेदारी र लगानीमा आगामी आर्थिक वर्ष महिलामैत्री एक शसक्त कार्यक्रमको शुरुवात गरी आर्थिक समृद्धिमा योगदान पुर्याउने पनि बिराटनगर घोषणा पत्रको रुपमा आएको बरालले बताईन ।
घोषणापत्र कार्यान्वयनका प्रदेश सरकार, जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था र अन्य सबै सरोकारवाला निकायले प्रतिबद्धता जनाएका छन् ।
दुई दिनसम्म चलेको महिला सम्मेलनमा प्रदेश सभा सदस्य, १३७ पालिकाका महिला प्रमुख उप प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख तथा उप प्रमुम महिला, हरेक पालिकाबाट निर्वाचित महिला सदस्यहरु कार्यक्रममा सहभगी थिए । १०९ औ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महिला सम्मेलनको आयोजना गरिएको सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत सुनिता सुबेदील बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्