काे हुन् ती बालिका जहाँ प्रधानमन्त्रीले गाडी रोक्न लगाएर हजार झिकेर दिए !!

<span class='c1'>काे हुन् ती बालिका जहाँ प्रधानमन्त्रीले गाडी</span> <span class='c2'>रोक्न लगाएर हजार  झिकेर दिए !!</span>

झापा, २३ फागुन । झापाको सुखानीमा सहिदहरुको स्मृति दिवसमा ठूलो कार्यक्रम भयो । प्रधानमन्त्री केपी शर्मा ओली सहित नेकपाका ठूला नेताहरु कार्यक्रममा पुगे । मंगलबारको कुरा हो यो । आमसभा नसकिँदै त्यहाँबाट स्थलबाट करिब दुई दर्जन मोटरको लस्कर जंगलको बाटोतिर लाग्यो । शनिश्चरेबाट पश्चिम दक्षिण तिर मोडियो । नयाँ अर्जुनधारा नगरपालिका–४ रातेखाल टोलको पिच सडकमा मोटरको लस्कर दौडिरहेको थियो ।

करिब दुई किलोमिटर गएपछि लस्करको तेस्रो नम्बरमा रहेको झण्डावाल को १ झ ५९४ नम्बरको मोटर एक्कासी रोकियो । त्यो मोटर रोकिएपछि पछाडिका करिब २३ वटा मोटर सबै आआफ्ना ठाउँमा रोकिए ।

झण्डावाल मोटरको झ्यालको सिसा खुल्यो । सडक किनारमा नातिनीलाई लिएर उभिइरहेका हजुरबालाई झ्यालभित्रबाट भनियो– ‘नातिनीलाई यता ल्याउनुस् त !’

झ्याल खुलेको मोटर वरिपरि सुरक्षाकर्मीले घेरा हालिसकेका थिए ।

र, झ्यालभित्र थिए प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्रीलाई देखेर अनि आफ्नी नातिनीलाई बोलाएको देखेर हजुरबा छक्कै परे । एकछिन त विश्वाश नै गर्न सकेनन्, अक्क न वक्क परे ।

प्रधानमन्त्री ओलीले दोहोर्याएर भने– ‘नातिनीलाई यता ल्याउनुस् त !’

हजुरबा गोपाल खतिवडाले नातिनीलाई मोटरमा लगे । २८ महिनाकी पुष्पालाई ओलीले बोक्न खोजे । तर, सुरक्षाकर्मीले घेरिएका नौलो मानिसलाई देखेर पुष्पा रुन थालिन् ।

त्यसपछि प्रधानमन्त्री ओलीले एक हजार रुपैयाँको नोट झिकेर पुष्पालाई दिए । अनि चाहिँ पुष्पा खुसी भइन् । थपक्क नोट समाइन् र मुसुक्क हासिन् ।

ओलीले पुष्पालाई नमस्कार गरे । पुष्पाले पनि वालसुलभ तरिकाले नमस्कार फर्काइन् ।

ओलीले बाइबाई गरे । पुष्पाले पनि बाइबाइ गरिन् ।

त्यसपछि प्रधानमन्त्रीको मोटर अघि बढ्यो । हजुरबाको खोकिलामा च्यापिएकी पुष्पाले हातमा हजारको नोट खेलाउँदै आँखाले भ्याउन्जेलसम्म मोटरको लस्कर हेरिहिन् ।

प्रधानमन्त्री गएपछि हजुरबा र नातिनीको वरिपरी गाउँले भेला भए । ‘प्रधानमन्त्रीले नातिनीलाई दिएको पैसा केमा खर्च गर्नुहुन्छ ?’

खतिवडाले भने– ‘खै के गरौं हजुर ? पढाइमा लाइदिउँ कि बाख्राको पाठो किन्दिउँ ? म सोच्दैछु ।’सनराइज खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्