भारत–पाक सीमा क्षेत्रमा अझै गोली हानाहान

भारत–पाक सीमा क्षेत्रमा अझै गोली हानाहान

नयाँदिल्ली– भारत–पाक सीमा क्षेत्रमा अझै गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ । भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एकअर्काप्रति गोलाबारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् ।

उनीहरूले गत २४ घण्टामा भएका गोली हानाहानमा भारतीय पक्षमा कुनै मानवीय क्षति नभएको बुधबार दाबी गरेका हुन् । गोली हानाहान भए पनि मानवीय क्षति नहुनेतर्फ उच्च सतर्कता अपनाइएको सैन्य अधिकारीहरूले बताएका छन् ।

‘समग्र अवस्था हेर्दा पहिलाको भन्दा धेरै शान्त छ,’ भारतीय सेनाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

भारत प्रशासित काश्मिरको पुलवामामा केही दिनपहिले भएको आतंकवादी हमलामा ४२ जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्