गरिखानेका कुरा : राडीपाखी बुनाइबाटै आत्मनिर्भर, घरमै बसेर मासिक १२ हजारसम्म आम्दानी

<span class='c1'>गरिखानेका कुरा : राडीपाखी बुनाइबाटै आत्मनिर्भर, </span> <span class='c2'>घरमै बसेर मासिक १२ हजारसम्म आम्दानी</span>

ताप्लेजुङ, २३ फागुन । ताप्लेजुङको उत्तरी क्षेत्रका गुरुङ समुदायका महिला राडी बुनाइबाटै आत्मनिर्भर बन्न थालेका छन् । उत्पादित राडीपाखी स्वदेशका साथै विदेशमा समेत जान थालेपछि उनीहरूको आर्थिकस्तर उकासिएको हो ।

राडीपाखी उद्यमबाट महिलाले मासिक १२ हजारसम्म आम्दानी गर्दै आएका छन् । ‘यहाँकौ राडी चिनोको रूपमा समेत आन्तरिक तथा बाह्य पर्यटकले लैजान्छन्,’ व्यवसायी ललिता गुरुङले भनिन्, ‘पहिलेको तुलनामा राम्रो आमदानी हुन थालेको छ ।’

जिल्लाको सदरमुकाम नजिकै रहेको गुरुङ बस्तीका सबैजसो महिला राडीपाखी व्यवसायमा संलग्न छन् । यसले गर्दा भेडाको ऊनको माग पनि बढेको छ । यसका लागि प्रत्येक घरमा भेडा पालिएको र अपुग ऊन अन्यत्रबाट पनि ल्याउने गरिएको उद्यमी महिलाहरू बताउँछन् ।

राडी बुन्न यहाँका प्रत्येक घरमा तान लगाएको छ । त्यहाँको राडीपाखी उद्यम व्यावसायिक बन्दै गएको घरेलु तथा साना उद्योग विकास कार्यालले बताएको छ । कार्यालयले वर्षमा एकपटक राडीपाखी बुनाइ तालिम दिँदै आएको छ । यसले महिलालाई व्यावसायिक बन्न प्रेरित गरेको छ ।

जिल्लामा यो पेशा अपनाउने महिला करीब ५ सय पुगेको कार्यालयले बताएको छ । हातले बुनेको यहाँको राडी गुणस्तरीय र सस्तो समेत भएकाले माग बढिरहेको बताइएको छ । सरकारी कर्मचारी, जिल्लामा आएका पर्यटक साथै सुरक्षाकर्मीले राडीपाखी किनेर लैजाने गरेको व्यवसायीको भनाइ छ । यद्यपि राडीपाखी बुन्न पुरानै प्रविधिको प्रयोग गर्नुपरेको उनीहरूको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्