रंगेलीमा गुम्तीकाे किराना पसलमा आगलागी, ३ लाख बढीको क्षती

रंगेलीमा  गुम्तीकाे किराना पसलमा आगलागी,  ३ लाख बढीको क्षती

रंगेली, २३ फागुन । माेरङकाे रंगेली नगरपालिका ७ स्थित पिपल चाेकमा गुम्तीमा आगलागी भएकाे छ।  गणेश साहकाे किराना पसल राखिएकाे गुम्तीमा आगलागी भएकाे हाे ।

गलागीबाट करिब ३ लाख रुपैयाँ बराबरको क्षती भएकाे प्रहरीले जनाएकाे छ । विगत २५ बर्ष देखि गुम्तीमा किराना पसल सन्चालन गर्दै आएका  साहकाे पसलमा राती करिब ९ बजे बिधुत सट भई आगलागी भएको  प्रहरीले जनाएकाे छ । आगलागीबाट हुदा पसलमा रहेको नगद, सावुन,तेल,बिष्कुट,चिनि,लगायतका पसलमा भएका सबै सामाग्री जलेर नष्ट भएकाे छ ।  आगाे  छिमेकीहरु मिलेर नियन्त्रण लिएको  स्थानीय नवीन साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्