देउवाले भने ‘शेखरजीलाई मैले भेटेरै सम्झाएको थिएँ, उहाँ नरोकिएपछि जवाफ दिएको हुँ’

देउवाले भने ‘शेखरजीलाई मैले भेटेरै सम्झाएको थिएँ, उहाँ नरोकिएपछि जवाफ दिएको हुँ’

विराटनगर, २३ फागुन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र रडाको ल्याउने काम शेखर कोइरालाले गरेको बताएका छन् । बिभिन्न कार्यक्रममा जाने जथाभाबी बोलेपछि आफुले जवाफ दिएको बताएका हुन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरागर्दै देउवाले नेतृत्वमा कोइराला आउनै नपाउने, चुनावमा उठ्नै नपाउने कुरा आफ्नो नभएको बताउँदै जथाभाबी बोल्दा आफुले जवाफ दिएको मात्र उल्लेख गरे ।
आफूले जथाभावी नबोल्न सम्झाए पनि उनले नटेरेको देउवाको देउवाको भनाई छ । सभापति देउवाले भने, ‘शेखरजीलाई मैले दुईपल्ट भेटेरै सम्झाएको थिएँ, यहीँ पनि भनेको हुँ, । तर, उहाँ नरोकिएपछि जवाफ दिएको हुँ ।’
कोईराला बारेको गलत टिप्पणी नगरेका देउवाले पार्टीको चौधौं महाधिवेशन समयमै हुने बताए । उनले आफू कार्यकाल लम्ब्याउने पक्षमा नरहेको स्पष्ट पार्दै, निर्वाचनले कसलाई सभापति बनाउने भन्ने निक्र्यौँल निकाल्ने भएकोले आहिले नै सभापति दोहोर्याउने वा नदोहोर्याउने भन्नुको अर्थ नभएको बताए ।

चाक्सीबारी बैठकको बारेमा टिप्पणी गर्दै देउवाले साथीहरु बसेर जमघट गर्नु, छलफल गर्नु अनौठो टिप्पणी गरे । तर कोईरालालले जथाभाबी बोलेपनि बोलेकै भारमा आनुशासनको कार्वाही भने नगर्ने बताए ।
वाइडबडी विमान खरिदबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा देउवाले प्रधानमन्त्री ओली अहिले बिरामी भएकाले केही नबोल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्