विराटनगरमा ट्याक्टरको ठक्करबाट महिलाको मृत्यू

विराटनगरमा ट्याक्टरको ठक्करबाट महिलाको मृत्यू

विराटनगर, २३ फागुन । विराटनगर १२ कैसलियामा   ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यू भएको छ ।
दरैयाबस्ती पस्चिम मोरङ र सुनसरी जोड्ने केसलिया पुल नजिकै विहिबार दिउँसाे  ट्याक्टरले पैदलयात्री महिलालाई ठक्कर दिएको थियो ।

ट्याक्टरकाे ठक्करबाट विराटनगर १६ दरैया बस्ने ५०व र्षीया ठेकनीदेवी रायको मृत्यु भएको ईलाका प्रहरी कार्यलय रानी विरानगरका प्रहरी निरीक्षक ईन्द्रबहादुर रानाले जाजानकारी दिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१त ३१५३ नम्बरको ट्याक्टरले विपरित दिशाबाट पैदल आउँदै गरेकी रायलाई ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट गम्भिर घाइते रायकाे उचारकाे क्ररममा न्युराे अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर र चालक सुनसरी बर्जु गाउँपालिका–३ अमरडुवा बस्ने ४० वर्षीय रामा पहाडीलाई ईलाका प्रहरी कार्यलय रानी विराटनगरको नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्