विराटनगरमा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा लेडि रन हुने

विराटनगरमा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा  लेडि रन हुने

बिराटनगर २३ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिराटनगरमा लेडी रोड रन हुने भएको छ ।
लियो क्लब अफ बिराटनगर इन्नोभेटिभ र तुलसा मदर एण्ड चाइल्ड हस्पिटल बिराटनगरको संयुतm रुपमा लेडि रन गर्ने जनाएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको दिन केही फरक गर्नै सोचका साथ यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमकी संयोजक अंकिता कट्टेलल जानकारी दिईन् ।
भोली शुक्रबार हुने कार्यक्रमलाई दुई चरणमा बिभाजन गरिने कटेलले जानकारी दिईन् । भोली विहान ७ बजे देखि १० बजे सम्म हुने पहिलो चरणको कार्यक्रममा लेडि रोड रन र फेश पेन्टिङ्ग हुने भएको छ ।
त्यसैगरी १० बजे पछि दोस्रो चरणको कार्यक्रमा स्त्री तथा प्रसुती रोग विषेशज्ञ डा.रेनुका राठी द्धारा स्तन क्यान्सर सम्बंन्धी जन चेतना कार्यक्रम , जुम्बा तालिम लगायत अन्य सांगीतीक कार्यक्रम हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्