थारु समुदायप्रति अन्याय गरेको थारु कल्याणकारी सभाको आरोप (विज्ञप्ति सहित)

थारु समुदायप्रति अन्याय गरेको थारु कल्याणकारी सभाको आरोप (विज्ञप्ति सहित)

शिवम मिश्र (प्रशान्त)
विराटनगर,२३ फागुन । थारु कल्याणकारी सभा जिल्ला कार्यसमिति सुनसरीले राज्यले थारु समुदाय प्रति अन्यायपूर्ण र बिभेदपुर्ण व्यबहार गरेको आरोप लगाएको छ । थारु कल्याणकारी सभाको आज बसेको बैठकले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै सो आरोप लगाएको हो ।

विज्ञप्तिमा बुधबार जिल्ला अदालत कैलालीले रेशम चौधरी लगायत अन्य थारुहरुलाइ सुनाएको जन्मकैदको फैसलाले आदिवासी थारुहरु प्रति अन्याय भएको उल्लेख गरिएको छ ।
थरुहट आन्दोलनको क्रममा २०७२ भाद्र ७ गते भएको टिकापुर घटनाको आरोपी भनिएका रेशम चौधरी लगायत अन्य थारुहरुलाइ ३ वर्षदेखि विभिन्न झुठा मुद्दा लगाइ अन्याय पुर्ण तरिकाले कारागारमा राखेको प्रती थारु कल्याणकारी सभाले बिरोध जनाएका हो ।
सो घटनाको सम्बन्धमा छानबिन गर्न गठन गरिएको आयोगले समेत लुकाइ छिपाइ प्रतिबेदन पेश गर्नु थारु समुदाय प्रती विभेद भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तो छ बिज्ञप्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्