मोरङका तीन विद्यालयमा मन्त्रीको अनुगमन, विराटनगरमै भेटियाे पढाई नहुने विद्यालय

मोरङका तीन विद्यालयमा  मन्त्रीको अनुगमन, विराटनगरमै भेटियाे पढाई नहुने विद्यालय

विराटनगर, २३ फागुन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको नेतृत्वमा बुधवार विराटनगरका विभिन्न सामुदायिक विद्यालयहरुको अनुगमन गरिएको छ । विराटनगर १९ मा रहेको जागृति आधारभूत विद्यालय, पोखरीया माध्यमिक विद्यालय र मोरङको बुढीगंगा गाउापालिका १ टंकीसिनवारीमा रहेको नरग्राम माध्यामिक विद्यालयको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा पोखरीया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले विद्यालयको अवस्थाका बारेमा जानकारी गराएका थिए । विद्यालयमा जग्गाको अभाव रहेको, विद्यालय ५ कटठा ६ धुरमा संचालन भैरहेको , दुई सिफ्टमा कक्षा संचालन गरिरहेको , जग्गााको अभावले गर्दा नमुना बिद्यालयको रुपमा स्वीकृत नाएको समस्या विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई जानकारी गराएका थिए ।
यस्तै नरग्राम विद्यालयले दुई सिफ्टमा कक्षा संचालन गरेको हाल विद्यालयमा १४ सय ४० जना विद्यार्थी रहेको , नमुना विद्यालयको स्वीकृति पाएको, विद्यालयको रिजल्ट सत्प्रतिशत नभए पनि सन्तोषजक रहेको विद्यालयका प्रअ भीमबहादु बस्नेतले जानकारी गराए । त्यस्तै बैजनाथपुरमा रहेको जागृती आधारभुत बिद्यालयको समेत मन्त्रीले अनुगमन गरे । यस बिद्यालयको भौतिक अबस्था राम्रो भएपनि बिद्यालयका शिक्षक प्रअ गणेश अधिकारी नियमित बिद्यालय नआउनुले बिद्यालयको अबस्था बिग्रीएको गुनासो बिद्यालय ब्यवस्थापन समितीले गर्यो ।
अनुगमनका क्रममा बोल्दै मन्त्री गिरिराजमणी पोखरेलले शिक्षालाई प्रविधिसँग जोडेर अगाडि बढाउन आग्रह गरे । उनले विद्यार्थी कमजोर देखिएमा किन विद्यार्थी कमजोर छ, त्यसतर्फ ध्यान दिई शिक्षकहरुलाई अगाडि बढ्न निर्देशन दिए ।
उनले राष्ट्रिय शिक्षा नीति निर्माणको अन्तिम चरणमा रहेको बताउदै सबैको सुझाव लिएर अगाडि बढ्ने पनि स्पष्ट पारे । अनुगमनमा मन्त्रालयका लेखा उपसचिव इन्द्रमणी पोखरेल, राष्ट्रिय परीक्षा बोर्डका निर्देशक दिर्घध्वज चापागाई, पत्रकार , शिक्षा क्षेत्रका जानकारहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्