विराटनगरमा हुने महिला साफ च्याम्पियनसिपका लागि खेलाडी प्रशिक्षणमा व्यस्त(भिडियो रिपोर्ट)

<span class='c1'>विराटनगरमा हुने महिला साफ च्याम्पियनसिपका</span> <span class='c2'>लागि खेलाडी प्रशिक्षणमा व्यस्त(भिडियो रिपोर्ट)</span>

प्रेम देवान ।
विराटनगर, २३ फागुन । आगामी फाल्गुन २८ गतेदेखि हुन लागेको साफ महिला च्याम्पियन्सीप फुटबलकालागि खेलाडीहरु प्रशिक्षणमा ब्यस्त भएका छन् । विराटनगरको सहिद रङ्शालामा हुने पहिलो उद्घाटन खेलमा घरेलु टोली नेपालसँग भुटानले सामाना गर्दैछ ।

विराटनगरको दिल्ली पब्लिक स्कुलमा अहिले खेलाडीहरुलाई राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले प्रशिक्षण दिएका हुन् । खेलाडीलाई मानशिक तथा शारिरिक रुपमा पुर्ण तन्दुरुस्तीका लागि तयारीमा जुटिसकेको मुख्य प्रशिक्षक खड्काले जानकारी दिए ।
घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसीपका लागि यसपटक खेलाडीहरुलाई तिव्र तयारीका साथ प्रशिक्षण दिइएको खड्काले बताए । खेलाडीहरु पनि अन्तिम तयारीमा जुटिसकेका छन् । यस पटकको उपाधी जित्ने धेरै आधार भएका कारण घरेलु टिम पुर्ण तयारीमा रहेको खड्का बताउँछन् ।
यस अघि भएका प्रतियोगिताहरुमा नेपाल ३ पटक फाईनल र १ पटक सेमीफाईनलमा पुगेको थियो । नेपाली टोलीले यसपटक भने उपाधी कब्जा गर्ने दाउमा छ । पहिलो पटक विराटनगरमा हुन लागेको अन्तराष्ट्रिय फुटबल प्रतियोगिता विराटनगरको खुशीको बिषय भएकोले खेल क्षेत्रका ब्यक्तिहरु उत्साहित छन् ।

https://www.facebook.com/ourbrt/videos/330515070916016/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्