विराटनगरमा हुने पाँचौ साफ च्याम्पियनसिप महिला फुटबलमा २० जना खेलाडी छनौट

विराटनगरमा हुने पाँचौ साफ च्याम्पियनसिप महिला फुटबलमा २० जना खेलाडी छनौट

विराटनगर,२४ फागुन ।
विराटनगरमा हुने पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा नेपालबाट खेल्ने खेलाडी छनौट भएका छन् ।

साफ खेल्न लामो समयदेखि अभ्यास गर्दै आएका २३ जना खेलाडीहरूबाट साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता खेल्न २० जना खेलाडी छनौट गरिएको मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिए । प्रशिक्षक खड्काका अनुसार निरू थापाको कप्तानीमा नेपाली टोली मैदान उत्रिने छन् । नेपालले पहिलो खेल भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
को को छन् खेलाडी
अहिले नेपालबाट एन्जीला तुम्वावको सुब्बा, अजन राना मगर र उषा नाथ गरि ३ जना गोल किपर छन् । त्यस्तै गीता राना, पुनम जर्गामगर, अमृता जैसी, मनमाया लिम्बु, हिरा कुमारी भुजेल, पूजा राना, कविता धिमाल र दिपा राई गरि ७ जना डिफेण्डर छन् । यसैगरि रेणुका नगरकोटी, सरू लिम्बु, अनिता बस्नेत, मन्जली योन्जन, सर्मिला थापा मगर, गरि ६ जना मिड फिल्डर छन् । त्यसैगरि रेखा पौडेल, सावित्रा भण्डारी, अनिता केसी र निरु थापा गरि ५ जना फरवार्ड छन् ।

पहिलो पटक नेपालले आयोजना गर्न लागेको साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नेपाललाई यसपटक दोहोरो मौका छ । नेपाली महिला राष्ट्रिय टोली अहिले विराटनगरस्थित डिपिएस स्कूलको खेलमैदानमा अभ्यासरत छन् ।
गत महिना भारतको केरलामा भएको हिरो महिला कपमा उत्कृष्ट प्रर्दशन गर्दै उपविजेता बनेको टोली उच्च मनोबलमा छ । सार्कका ६ राष्ट्र सम्मिलित साफ च्याम्पियनसिपमा नेपालको मुख्य प्रतिद्वन्द्वीको रुपमा भारत रहेको छ । इटहरी र काठमाण्डौपछि विराटनगरमा आएर प्रशिक्षण जुटिरहेको छ । मुख्य प्रशिक्षक खड्का अभ्यास गर्ने लामो समय मिलेको हुँदा उत्कृष्ट प्रर्दशन हुने दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्