जम्मूमा बसमा ग्रिनेड प्रहार हुँदा १ को मृत्यु, ३० घाइते

जम्मूमा बसमा ग्रिनेड प्रहार हुँदा १ को मृत्यु, ३० घाइते

श्रीनगर,२४ फागुन । भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी १ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् ।

जम्मु शहरमा रहेको मुख्य बस स्टेशनमा सो बम विस्फोट भएको थियो । जम्मु शहर भारत नियन्त्रित काश्मिरको शरदकालीन राजधानी समेत हो । घाइतेहरुको सरकारी मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

जम्मू–काश्मिरका डीजीपी दिलबाग सिंहले यासिर अरहान नामका एक व्यक्तिलाई कुलगामबाट पक्राउ गरिएको जानकारी दिएका छन् । यासिरले नै बसमा ग्रिनेड फालेको उनको भनाई छ । विस्फोटमा घाइते भएका एक १७ वर्षीया किशोरको उपचारका क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्