लेटाङ एक्स्पोमा स्थानीय कृषिसम्बन्धी स्टलमा आकर्षण

लेटाङ एक्स्पोमा स्थानीय कृषिसम्बन्धी स्टलमा आकर्षण

विराटनगर,२४ फगुन । मोरङको लेटाङमा जारी ‘लेटाङ एक्स्पो’मा स्थानीय उत्पादित कृषिसम्बन्धी स्टलमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । ‘लेटाङ नगरको आधार, कृषि, पर्यटन, कला र संस्कृतिसहितको पूर्वाधार’ भन्ने मुख्य नाराका साथ लेटाङमा ‘कृषि, पर्यटन तथा व्यावसायिक अन्तरराष्ट्रिय प्रदर्शनी’का रूपमा पहिलोपटक ‘एक्स्पो’ आयोजना गरिएको छ ।

उद्योग वाणिज्य संघ, लेटाङको आयोजनामा यही फागुन १७ गतेदेखि शुरू भएको एक्स्पो २६ गतेसम्म सञ्चालन हुने संघले बताएको छ । स्थानीय उत्पादित चिया, मह, जातजातिका सांस्कृतिक सामग्री, हस्तकलाका सामग्री तथा दैनिक कलाकारको प्रस्तुतिले एक्स्पोको रौनक झनै बढाएको छ । एक्स्पोमा विभिन्न खेल, कृषि उत्पादन, खाद्यान्न, लत्ताकपडा, होटल, इलेक्ट्रोनिक्स सामग्री, अटोमोबाइल्स लगायतका ५० ओटा स्टल राखिएको उवासंघ, लेटाङका अध्यक्ष खड्गबहादुर श्रेष्ठले जानकारी दिए ।

एक्स्पोबाट ६५ लाख आम्दानी र ५९ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । बाँकी रहेको रकम अधुरो रहेको वाणिज्य संघको भवन निर्माणमा प्रयोग गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्