सोलुखुम्बुबाट काठमाण्डौका जाँदै गरेकाे टाटा सुमो दुर्घटनामा, ६ जना घाईते

<span class='c1'>सोलुखुम्बुबाट काठमाण्डौका जाँदै गरेकाे टाटा सुमो</span> <span class='c2'> दुर्घटनामा, ६ जना घाईते</span>

सोलुखुम्बु, २४ फागुन । सोलुखुम्बुबाट काठमाण्डौका लागि छुटेको टाटा सुमो जीप बिहीबार सिन्धुलीमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

सोलुखुम्बुको नेलेबाट यात्रु लिएर काठमाण्डौका लगि छुटेको ना १ ज ७०९४ नम्बरको सुमो जीप मध्यपहाडी लोकमार्गमा बससँग ठोक्किँदा ६ जना घाइते भएका हुन् । सिन्धुलीको फिक्कल गाउँपालिका वडा न–५ मा काठमाण्डौबाट ओखलढुङगातर्फ जाँदै गरेको बा ४ ख ४४३४ नम्बरको बससगँ एक आपसमा ठोक्किँदा सुमोमा सवार ६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइते हुनेमा सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका वडा न–१ बस्ने वर्ष ८० की देउ कुमारी खत्री, त्यही ठाउँकी ३८ बर्षीया कृष्ण कुमारी खत्री, सोलुखुम्बुकै २२ वर्षीया धनकुमारी सार्की, ४५ वर्षीया जाङ्म्मु शेर्पा, उनको छोरा ३ वर्षीय साङ्गे शेर्पा र सुमोका चालक सिन्धुपाल्चोक लिसङखु गाउँपालिका–५ का २४ वर्षीय राजेन्द्र बानियाँ घाइते भएको प्रहरीले जनाइएको छ ।

घाइतेहरुको अवस्था समान्य रहेको र उनीहरुको उदयपुर घुर्मीमा रहेको आस्था लाइफ केयर सेन्टरमा उपचार भैरहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने बसका चालक फरार रहेको र बस प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्