क्याप्टेन’ पाइरेसी भएपछि मुद्दा हाल्दै भुवन केसी

<span class='c1'>क्याप्टेन’ पाइरेसी भएपछि मुद्दा</span> <span class='c2'>हाल्दै भुवन केसी</span>

काठमाडौं २४ फागुन ।  भर्खरै प्रदर्शन आएको  नेपाली कथानक चलचित्र ‘क्याप्टेन’ पाइरेसी भएको छ । चलचित्र पाइरेसी भएपछि निर्माण युनिट प्रहरीमा उजुुरी गर्ने तयारीमा पुगेको छ । शुक्रबार हनुमानढोकामा उजुरी दिने निर्माण पक्षले जनाएको छ ।
“भुवन (केसी) दाइ अहिले केही समयमा उजुरी दिनका लागि हुनुमान ढोका जाँदै हुनुहुन्छ,” ‘क्याप्टेन’का निर्देशक दिवाकर भट्टराईले भने, “हामी कपीराइट मुद्दा दायर गर्नेछौं ।”
प्रेम किङ चन नामक युट्युब च्यानलबाट चलचित्र अपलोड गरिएको थियो । हलमा मोबाइलले खिचेको चलचित्रको भिडियो अपलोड गरिएको थियो । अहिले भने उक्त च्यानलबाट चलचित्र हटिसकेको छ । भिडियो ब्ल्क गर्न लगाएको निर्देशक भट्टराई बताउँछन् ।
“विना अनुमति कपि गरे कस्तो कारबाही हुन्छ भन्ने चेतना नभएको व्यक्तिले भिडियो बनाएर अपलोड गरे जस्तो देखिन्छ,” उनले भने, “कपि राइटको कारबाही बारे थाहा भएको भए सायद यसरी पाइरेसी हुँदैन थियो होला ।”चलचित्र ‘क्याप्टेन’ भुवन केसीद्वारा निर्मित चलचित्र हो ।
चलचित्र ‘पशुपतिप्रसाद’, ‘छक्का पञ्जा’, ‘छड्के’ लगायतका चलचित्र पनि हलमा चलिरहेका बेला पाइरेसी भएको थियो । ‘छक्का पञ्जा’ पाइरेसी गर्ने व्यक्तिले कारबाही हुने थाहा पाएपछि आत्महत्या गरेका थिए ।
बाह्रखरीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्