विप्लवलाई प्रधानमन्त्रीको चेतावनी : नेकपाको बर्को फ्याँक, लुटेरा समूहकाे नाम राख

विप्लवलाई प्रधानमन्त्रीको चेतावनी : नेकपाको बर्को फ्याँक, लुटेरा समूहकाे नाम राख

काठमाडौं, २४ फागुन। प्रधानमन्त्री केपी शर्मा ओली ओलीले नेकपा विप्लव समूहलाई नाम फेरेर लुटेरा समूह राख्न सुझाएका छन् । साथै उनले शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको भएको र त्यो सरकारले गर्ने बताए ।

सरकार र सीके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले नेकपा भन्न पनि बेइजत भएको बताए । ‘नेकपा भन्न लाज हुन्छ, हुँदा पनि होइन नेकपा । विप्लव समूह भन्ने छ एउटा । कमसेकम लुट्नकै लागि नेकपा भन्ने बर्को त फ्याँक’ उनले भने, ‘आफूले पनि नेकपै भन्नु पर्‍या छ । त्यस्ताले पनि नेकपा भन्छन् । बेइजत भइसक्यो नेकपा भन्दा पनि ।’

उनले विप्लव समूहलाई अहिले हिडिरहेको बाटो छाड्न समेत आग्रह गरे । नभए सरकारले कारबाही गर्ने उनको चेतावनी छ । ‘यो देशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको हो । सरकारले गर्छ म सुन्ने थरी भन्न चाहन्छु’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्