डाक्टरले चलाएको कारले ठक्कर दिदाँ अर्को डाक्टरको खुट्टा भाचियो

डाक्टरले चलाएको कारले ठक्कर दिदाँ अर्को डाक्टरको खुट्टा भाचियो

धरान २४ फागुन । धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्र वाइलोजी विभागको डाक्टरले चलाएको कार आज दुर्घटना भएको छ । मुख्य गेट नजिक बा४च ७२९ नं.को कारले ठक्कर दिदा अर्का एक डाक्टर घाइते भएका छन् । कारको ठक्करले प्रतिष्ठानको मेडिसियन विभागमा कार्यरत राजविराज –३, सप्तरीका डाक्टर पुस्पेन्द्र तिवारीको खुट्टा भाचिएको बताइएको छ । उनको प्रतिष्ठानको इमेरजेन्सीमा उपचार भइरहेको छ । दुर्घटना गराउने डाक्टरको नाम खुल्न सकेको छैन् । प्रतिष्ठानको आवास तिरबाट तिव्रगतिमा आएको कार मोडिएर इमेरजेन्सीतिर जान लाग्दा पैदल यात्रीलाई ठक्कर दिएको हो । कार नालीमा पसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्