विराटनगर मालाविका स्कूलको वार्षिक उत्सव

विराटनगर मालाविका स्कूलको वार्षिक उत्सव

विराटनगर, २४ फागुन । विराटगर–३ मा रहेको मालाविका ई. सेकेण्डरी स्कूलले १५ औं बार्षिक उत्सव मनाएको छ ।
स्कूलले विद्यालयको प्राङ्गमा विभिन्न कार्यक्रम गरी बार्षिक उत्सव मनाएको हो । वर्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्य लगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई मनोरञ्जन दिए । सो अवसरमा वडा नम्बर २ का २० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि मोरङका जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख राजेन्द्र बुढाथोकी, प्याव्सन मोरङका वरिष्ठ उपाध्यक्ष सितला सुव्वा, स्कूलका प्रिन्सिपल रामेश्वर आचार्य र अविभावक मणी दाहाल र सन्तोष आचार्यले बिद्यालयको शैक्षिक अबस्थाको बारेमा धारणा राखेका थिए । स्कूलका सस्थापक शम्भु आचार्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्