सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ल विप्लव समुहकाे अपरहणमा

सुदूरपश्चिम प्रदेश सभा सदस्य  देवकी मल्ल विप्लव समुहकाे अपरहणमा

 धनगढी, २४ फागुन । सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ल अपहरणमा परेको खुल्नमा आएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट ३-४ जनाको समूहले प्रदेश सभा सांसद देवकी मल्ललाई अपहरण गरेको खुल्नमा आएको हो । प्रदेश सभा सदस्य मल्ललाई मुखमा कालो पट्टी बाँधेर जर्बजस्ती उठाएर लगेको बुझ्नमा आएको छ ।

बझाङको बुगल नगरपालिका बिजगडावाट अपहरणकारीले अपहरण गरेको बझाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नयन सिंह साउदले जानकारी दिए । घटनावारे थप विवरण आउन बाँकी रहेको छ । प्रदेश सदस्य मल्ल बझाङ (ख) बाट माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन् । साभार: लाेकान्तर डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्