विराटनगरमा अमेरिकन प्रोफेसर एलन वुथ विद्यार्थीका अभिभावकसँग भलाकुसारी

<span class='c1'>विराटनगरमा अमेरिकन प्रोफेसर एलन</span> <span class='c2'>वुथ विद्यार्थीका अभिभावकसँग भलाकुसारी</span>

विराटनगर,२४ फागुन । अमेरिकन प्रोफेसर एलन वुथ चर्ज विराटनगरमा आएर विद्यार्थीका अभिभावकहरुसँग अमेरिकन बाल मनोविज्ञान पद्धतीमा कसरी पढाई हुन्छ भन्ने प्रशिक्षण दिएकी छिन् ।

विराटनगरको बरगाछीमा रहेको अमेरिकन सिकाई पद्धतिमा संचालित किण्डर पिलर मन्टेश्वरीले आयोजना गरेको स्कुलको बार्षिक उत्सव तथा अभिवाकको दिवसमा एलन वुथले अभिभावकसँग भलाकुसारी समेत गरेकी छिन् ।

एक वर्ष अघि संचालनमा आएको मन्टेश्वरी स्कुलको अमेरिकन प्रोफेसर एलन वुथ चर्जले विद्यार्थी तथा अविभा मोटिभेशनमा सहभागिता जनाई अमेरिकन पढाई पद्धतीबारे जानकारी गराएकी थिईन् । उनीसँगै किण्डर पिलर मन्टेश्वरीका केन्द्रिय कार्यलयकी अरविन्दर कौर समेतको उपस्थित रहेको थियो । कार्यक्रममा सुनसरीको ईटहरीमा संचालित ण्डिर पिलर स्कुल नेपाल कै उत्कृष्ट भएको घोषित गरियो । उत्कृष्ट हुने स्कुललाई विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले उत्कृष्ट अवार्ड प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा ईटहरी , विराटनगरका विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको े स्कुल सञ्चालक श्रुती शर्माले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्