बिराटनगर २४ फागुन । बिराटनगरमा रहेको किन्डर जोय मन्टेसरी स्कुलले अभिभावक दिवस मनाएको छ । बिराटनगरको बिरेन्द्र सभा गृहमा एक कार्यक्रम विच अभिभावक दिवस मनाएको हो ।
समाजसेवी तथा शिक्षासेवी जगत अर्यालको प्रमुख आतिथ्यामा कार्यक्रम भएको थियो।
कार्यक्रममा बोल्दै स्कुलकी संचाललिका प्रगती शर्माले हामी विद्यार्थीलाई बालबालिका शिक्षण विधि अपनाएर अध्यापन गराउदै आएका बताईन् ।
उनले विद्यार्थीलाई शैक्षिक रुपमा मात्र हैन भौतिक रुपमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गरिन् । सो कार्यक्रममा समाजसेवी जगत अर्याललाई खादा तथा सम्मान पत्र दिइ सम्मान पनि गरिएको छ । सम्मान पछि बोल्दै समाजसेवी अर्यालले स्कुललाइ थप प्रगती गर्न शुभकामना व्यक्त गरेका थिए । उनले आफ्नो शिक्षण बिधीलाइ सम्झिदै अहिले को र हाम्रो समयको विधिमा धेरै फरक रहेको बताए ।
कार्यक्रममा स्कुलका स(साना नानीहरूले विभिन्न जातीय संस्कृत झल्किने नृत्यहरु,फेसन सो, लगायतको प्रस्तुति देखाएका थिए ।