विराटनगरको एलिड क्लबमा भरतमोहन अधिकारीको सम्झाना

<span class='c1'>विराटनगरको एलिड क्लबमा</span> <span class='c2'>भरतमोहन अधिकारीको सम्झाना</span>

विराटनगर, २४ फागुन ।
पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको सम्झानामा एलिट क्लव विराटनगरले शुक्रवार शोक सभाको आयोजना गरेको छ । बाम आन्दोलनका अगुवा अधिकारी एलिट क्लवका पूर्वमहासचिव हुन् ।

पूर्वमन्त्री राधाप्रसाद घिमिरेले भरतमोहन अधिकारी नेपाली राजनितिको समुन्द्र भएको चर्चा गरे । ‘उहा“लाई कुनै कुराले चढाउने र डराउने अहिल्यौ पार्न सकेन्,’ घिमिरेले भने, ‘सादकी नेताले नेपाली राजनिति र अर्थतन्त्रमा धेरै गोरेटाहरु कोर्नु भएको छ । त्यसलाई नछोडी हिड्न सके जनताको घर आ“गनमा पुग्न सकिन्छ ।’
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस प्रदेश संसदीय दलका सचेतका सुयर्माराज राईले वृद्धवृद्धाका सहारा वनेका अधिकारी युवाहरुका प्रेरणा भएको वताए । क्लवका निर्वतमान अध्यक्ष भेषप्रसाद धमलाले अधिकारीले नेपालका संविधान लेखनमा मात्र नभइ आर्थिक सुधारका पाटोमा खेलेका योगदानको चर्चा गरे ।
उनले अहिले सरकारले समेत अधिकारीको जस्तो अर्थ निति ल्याउन नसकेको वताए । क्लवका पूर्व अध्यक्ष महेन्द्र प्रसाद रिजालले भरतमोहन संग विद्यार्थी कालमा संगै राजनितिक गरको स्मरण गर्दै त्यस बेला आफु प्रजातान्त्री विचार धाराको र अधिकारी प्रगतीशिल विचार धारा बोक्ने भएपनि धेरै कुरामा सहकार्य हुने गरेको वताए ।
कार्यक्रमा बोल्दै विष्णुमाया पुस्ताकालयका सभापति केशवप्रसाद गौतमले भरतमोहन अधिकारीको वास्तविक रुपलाई अधिकारीकोे पार्टी र सरकारले समेत पहिचाहन गर्न नसकेको धारणा राखे । उनले अधिकारी अर्थमन्त्री हुदा ल्याएका सुधारवादी कार्यक्रय जतीको त्यस पछि बनेका अर्थमन्त्रीहरुले ल्याउन नसकेको वताए । क्लवका अध्यक्ष विश्वनाथ रिजालले अधिकारीले नेपाली राजनितिक, जनताको आर्थिक अवस्था उभोलगाउन खेलेको योगदानको चर्चा गरे । कार्यक्रममा उद्योगी शुरेशराज शर्माले अधिकारीले नेपाली अर्थतन्त्रलाई उकालो लगाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्