मेनपावर व्यवसायी रोहरण गुरुङको घरमा बम विस्फोट

मेनपावर व्यवसायी रोहरण गुरुङको  घरमा बम विस्फोट

काठमाडौं, २४ फागुन ।  मेनपावर व्यवसायी रोहरण गुरुङको बसुन्धरास्थित घरमा बम विस्फोट भएको छ ।अज्ञात समूहले शुक्रबार साँझ उनको घरभित्र पार्किङ गरेर राखिएको कारमा बम विस्फोट गराएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।  उनका अनुसार बम विस्फोटबाट कार पूर्णरुपमा ध्वस्त भएको छ ।  गुरुङ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष समेत हुन् ।

विस्फोटपछि कारमा आगलागी हुन पुगेको थियो । आगलागी दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ ।

आगलागीबाट गुरुङको घरका साथै आसपासका केही घरमा सामान्य क्षति पुगेको जनाइएको छ ।  अहिले घटनास्थलमा प्रहरी र सेना समेत पुगेर अनुसन्धान कार्य सरु गरेको जनाइएको छ । विस्फोटपछि बसुन्धारा क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । तीनसाता अघि मात्रै पनि ललितपुरको नख्खुमा बम विस्फोट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्