विराटनगर महानगरपालिका १२ को रानी सिकियाई मार्गमा विहानै आगलागी

<span class='c1'>विराटनगर महानगरपालिका १२ को रानी</span> <span class='c2'>सिकियाई मार्गमा विहानै आगलागी</span>

विराटनगर, २५ फागुन ।
विराटनगर महानगरपालका वडा नम्बर १२ मा आगलागी भएको छ । आज बिहान करिब २ बजेको समयमा स्थानीय लखनलाल मण्डलको घरमा आगलागी हो ।मण्डलको ३ कोठाको घर र गोठमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घर भित्र रहेका सबै सामान जलेको लखानलालले बताए । आगलागीबाट करिब ६ लाख मुल्य बरावरको क्षती भएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुलेको छैन । शिव शंकर मण्डलको घरमा समेत आगलागी भएको हो । आगलागीबाट घरमै भएको एउटा मोटरसाईकल, साईकल लगायतका सामान जलेको छ ।  दमकल, प्रहरी र स्थानीयवासीकाे सक्रियतामा  विहान ५ बजे आगाे नियन्त्रणमा आएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्