रेलकाे डिपिआर तयार पार्न बसेका छलफलमा स्थानीय कुटिए

रेलकाे डिपिआर तयार पार्न बसेका छलफलमा स्थानीय कुटिए

वुटवल, २५ फागुन। पूर्व–पश्चिम रेलमार्गको बुटवल खण्डमा विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ । सो क्रममा  स्थानीय ज्योतिप्रसाद अर्याल कुटिएका छन् ।

डिपिआर गर्न बाँकी रहेको सो क्षेत्रमा माटो परीक्षण गर्न पुगेको रेल विभागका कर्मचारी, चिनियाँ प्रतिनिधि, स्थानीय प्रतिनिधि र प्रभावित क्षेत्रका बासिन्दासहित बुधबार बुटवल नगरपालिकाको वडा नम्बर ११ कार्यालयमा बैठक बसेको थियो ।

उक्त बैठकमा सहमतिसहित डिपिआर गर्ने छलफल भइरहेको बेला आफ्नो क्षेत्रबाट रेल ल्याएको भन्दै प्रभावित क्षेत्रका तीन ब्यक्तिले अर्याललाई कुटेका थिए । अर्याल पनि प्रभावित क्षेत्रकै बासिन्दा हुन ।

‘छलफलका क्रममा बिनाकारण आक्रमण भएको छ’, सोही क्षेत्रका जेष्ठ नागरिक मञ्चको संयोजकसमेत रहेका ६६ बर्षका अर्यालले भने, ‘ममाथि अन्याय भएको छ ।’ नागरिक दैनिकबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्