दमककाे भुटानी शरणार्थी शिविरमा आगलागी, ५ छाप्रोमा क्षति

दमककाे भुटानी शरणार्थी शिविरमा आगलागी,  ५ छाप्रोमा क्षति

दमक, २४ फागुन ।   झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ। शुक्रबार राति पौने ९ बजे बेलडाँगी–२ मा लागेको आगलागीबाट ५ छाप्रोमा क्षति पुगेको हो।

३ छाप्रो पूर्ण रुपमा जलेर नष्ट भएका छन् भने २ वटा छाप्रो आगो नियन्त्रणका क्रममा भत्काईएका छन्। आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

आगो बेलडाँगी–२ स्थित हट नम्बर १११ का ईन्द्रबहादुर बस्नेतको घरबाट सल्किएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए। बस्नेत भजनकिर्तनमा गएको बेला घरबाट आगो सल्किएको थियो। आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

आगलागीबाट हट नम्बर ७७ का भक्तप्रसाद बराल, रामलाल बस्नेत, हट नम्बर ११० का मानबहादुर तामाङ र हट नम्बर १३३ का मनमाया तामाङको घरमा क्षति पुगेको छ। आगो दमक नगरपालिका र गौरादह नगरपालिकाको दमकल,स्थानीयबासी र प्रहरीको सहयोगमा १ घण्टामा नियन्त्रणमा आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्